२० पुष २०७५, काठमाडौँ
कैलाली– १ बाट निर्वाचित सांसद रेशमलाल चौधरी र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रतिनिधिसभाका संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङबीच संसदमै जम्काभेट भयो । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।
शपथपछि माला र खादा लगाएका चौधरीले गुरुङतिर फर्केर भने, ‘धेरै दिनपछि भेट भयो है । हामी त धनगढी कार्यक्रममा पनि सँगै थियौँ, दाइ अघि आउनुभयो म पछि आएँ ।’