२० पुस २०७५, इटहरी
युद्धकालमा नागरिकसँग बिग्रिएको सम्बन्ध सुधार्न लागि परेको नेपाली सेनाले इटहरीमा मैत्रीपुुर्ण फुुटवल प्रतियोगिता गर्ने भएको छ । जनता माध्यमिक विद्यालयको खेल मैदानमा खेल गर्न लागिएको हो ।
सैनिक नागरिक सम्बन्ध सुधारको लक्ष्य सहित गरिदै आएका कार्यक्रमको निरन्तरताका लागि कार्यक्रमको आयोजना गर्न लागिएको पृतनाले जनाएको छ । पृतनाका अनुसार भोली २ बजेबाट सुरु हुने खेलमा पृतना भित्र रहेका युनिट र इटहरीका बुद्धिजीवी नागरिक समाज, स्थानीय तहका जनप्रतिनिधिका साथै उद्योग वाणिज्य सङ्घका प्रतिनिधि बिचमा प्रतिस्पर्धा हुने छ ।
सैनिक नागरिक सम्बन्धको सुधारका लागि केही समय अगाडि देखी पुुर्बि पृतना कार्यालय लागेको पाइन्छ । यस अघि विभिन्न पर्यटकीय स्थानको सरसफाइ गरेको सेनाले विभिन्न स्थानमा स्वास्थ्य शिविर समेत गरेको थियो । गएको महिना मात्र सेनाले स्थानीय नागरिकको संलग्नतामा ‘प्रथम पृतनापति फन एन्ड सोलिडारीटी पिपुल ब्यीथ द मिलिटरी नामक विभिन्न प्रतियोगितात्मक कार्यक्रमको आयोजना गरेको थियो । सर्वसाधारण सँग प्रत्यक्ष रूपमा सहभागी भएर कार्यक्रमको आयोजना गर्दा युद्धकालीन समयमा बिग्रिएको सम्बन्ध र सर्वसाधारणले सेना प्रति बनाएको नकारात्मक धारणा परिर्वतन हुने सेनाको विश्वास रहेको छ ।