तेक्वान्दोको उपाधी नेपाली सेनालाइ



२० पुस २०७५, ललितपुर

प्रथम एभरेष्ट राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिताको उपाधी नेपाली सेनाले हात पारेको छ ।

शुक्रबार ललितपुरमा सम्पन्न खेलमा सेनाले १९ स्वर्ण १८ रजत र १० कास्य पदक सहित पहिलो भएको हो । उपाधीसँगै नेपाली सेनाले १ लाख रुपैया, ट्रफि र मेडल प्राप्त गरेको छ ।

त्यस्तै १८ स्वर्ण ५ रजत र ७ कास्य सहित सितापाईला डोजाङ द्वितीय भएको छ भने ५ स्वर्ण र ४ रजत सहित टिम कोटेश्वर तृतीय भएको छ । द्वितीय र तृतिय टिमले क्रमश ५० र २५ हजार सहित ट्रफि र मेडल प्राप्त प्राप्त गरेका छन् ।

प्रतियोगीतामा बेष्ट प्लेयर पुरुषतर्फ बाराका सुदीप नेपाली र महिलातर्फ कोटेश्वरका सुस्मीता तामाङले हात पारिन । उनीहरुले जनही १०–१० हजार रुपैया प्राप्त गरे ।

त्यस्तै बेष्ट रेफ्री सुरेन्द्र खड्की घोषित भए । उनले पनि रु १० हजार प्राप्त गरे । प्रतियोगीताको अनुशासित टिमको उपाधी मारिया मोन्टेश्वरी बुटवले हात पार्यो । प्रतियोगितामा एक हजार २ सय २ खेलाडी सहभागी थिए ।

प्रतियोगीता एभरेष्ट वल्र्ड क्लास तेक्वान्दोको नेपाल शाखाको आयोजनामा भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्