२१ पौष २०७५, काठमाडौं
तेस्रो संस्करणको धनगढी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको खेलाडी खरिद बिक्री हुँदैछ। आयोजक धनगढी क्रिकेट एकेडेमीका अनुसार खरिद विक्रि भएका २०५ खेलाडीहरु आजसम्म अक्सन हुने बताएको हो ।
यही पुस ४ गतेदेखि खुलेको खेलाडी दर्ता गत मङ्गलबारसम्मका लागि तोकिएको थियो । यस पटक खेलाडीको वर्गीकरण गरिएको छैन । खेलाडीले न्यूनतम मूल्य रु ३० हजारदेखि रु दुई लाख ५० हजारसम्म राखेर नाम दर्ता गराएका छन् । जसअनुसार प्रतियोगितामा सहभागी टोलीले खेलाडी किन्नेछन् ।
अक्सनबाट छनोट भएका खेलाडीलाई सहभागी टोलीले आगामी तीन वर्षका लागि अनुबन्धन गर्नेछ । ६ टोली सहभागी हुने डिपिएलमा हरेक टोलीले दुई विदेशी खेलाडीसहित १५ खेलाडीलाई टोलीमा अनुबन्धन गर्न पाउने प्रवाधान छ ।
टी–२० आधारमा सञ्चालन हुने प्रतियोगितामा १९ खेल हुनेछ । लिग चरणमा प्रत्येक टोलीले एक अर्को टोलीसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको शीर्ष चार टोली प्लेअफमा छनोट हुनेछ । प्लेअफमा पुगेको चार टोलीमध्ये अङ्कतालीकामा पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ । त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टोलीबीच हुने खेलको विजेता सिधै फाइनल प्रवेश गर्छ भने पराजित हुने टोलीले तेस्रो र चौँथोबीचको विजेतासँग खेल्नेछ ।