पौष २०७५, काठमाडौं
लिग टु क्लब ट्रानमेरो रोभर्सलाई ७–० को फराकिलो अन्तरले पराजित गर्दै प्रिमियर लिग क्लब टोटनह्याम इंग्लिस एफए कपको चौंथो चरणमा प्रवेश गरेको छ ।
टोटनह्यामलाई अवे मैदानमा शानदार जित दिलाउन स्पानिस फरवार्ड फर्नान्डो लरेन्टेले ह्याट्रिक गरे । यस्तै सर्जी अरिएरले दुई तथा सेउन मिन हेउनले र ह्यारी केनले १–१ गोल गरे ।
पहिलो गोल गर्न ४० मिनेटसम्म कुर्नुपरे पनि दोस्रो हाफमा लण्डन क्लबले आधा दर्जन गोल गर्यो । ४०औँ मिनेटमा अरिएरले गोलगर्दै टोटनह्यामलाई पहिलो हाफमा १–० को अग्रता दिलाए । दोस्रो हाफको सुरुवातदेखि नै गोल गर्न थालेको टोटद्दहमले ९ मिनेट अन्तरमा ३ गोल थप्यो ।
४८औँ मिनेटमा लोरेन्टे, ५५औँ मिनेटमा अरिएर र ५७औँ मिनेटमा सन मिनले गोल गरेपछि टोटनह्यामले ४–० को अग्रता बनायो ।