प्रेममा छे भन्नेलाई यस्तो जवाफ दिइन् स्वेता खड्काले



२२ पुष २०७५, काठमाडौँ

स्वेता खड्का नेपालकी निकै परिचित नायिका हुन् । उनी स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठकी श्रीमती पनि हुन् । स्वेतासँग विवाह भएको एक महिना पनि नबित्दैँ श्रीकृष्ण श्रेष्ठ यो संसारबाट विदा भएका थिए । श्रीकृष्ण श्रेष्ठको निधन भएको ३ बर्ष पुगिसक्दा पनि स्वेताले विवाह गरेकी छैनन् । बरु उनी भूकम्पबाट विग्रिएका बस्तीहरु बनाउनमा व्यस्त छिन् ।

सामाजिक सञ्जालमा भने अनावश्यक होहल्ला आइरहन्छ । आजभोली धेरैले स्वेता प्रेममा रहेको झुटो आरोप लगाउन थालेका छन् । त्यसबारे स्वेताले मुख खोलेकी छिन् । उनले आफू कसैसँग पनि प्रेममा नभएको र नहुने पनि बताइन् । उनले आफू आफ्नो जीन्दगीमा खुसी भएको र आफ्नै हिसाबले जीन्दगी चलिरहेको बताएकी छिन् । स्वेताले श्रीकृष्णलाई पनि सम्झिइन् । उनले विगतमा आफ्नो कसैसँग सँगै जीवन बिताउने, कसैकी श्रीाती अनि कसैकी बुहारी बन्ने सम्झौता रहेको तर आफूले ती कुराको अनुभव गर्न नपाएको बताइन् ।

स्वेता विवाह र प्रेमका बारेमा धेरै बोल्न चाहन्नन् । उनले आफ्नो तत्काल विवाह गर्ने कुनै सोच नरहेको पनि बताइन् । उनले आफू सिंगल भएको र यहि जीन्दगी आफ्नो लागि प्रिय भएको पनि बताइन् ।

 

प्रतिक्रिया दिनुहोस्