२२ पुष २०७५, काठमाडौँ
बलिउड अभिनेता सलमान खान बलिउडका किङ्ग पनि हुन् । बलिउडका किङ्ग भनेर पहिले शहरुख खानले आफ्नो पहिचान बनाएका थिए । तर पछिल्ला केहि बर्षमा उनको स्टारडम घट्दै गएपछि यो टाइटल सलमान खानले पाएका हुन् । हुन त सलमान आजसम्म अविवाहित छन् । तर उनी सबैभन्दा बढी माया आफ्नो परिवारलाई दिन्छन् । उनी आफ्ना परिवारमा हुने हरेक क्रियाकलापमा सामेल भएका हुन्छन् ।
सलमानलाई निकै भावुक अभिनेता पनि भनिन्छ । उनी सबैलाई निकै माया गर्छन् र कसैको दुख देख्न सक्दैनन् । सलमान आफ्ना परिवारका सदस्यलाई अत्यन्तै माया गर्छन् । तर उनको परिवारमा एक यस्ता सदस्य छन् जो बिना सलमान बाच्न सक्दैनन् । ती हुन् सलमानका कान्छा भाई सोहेल खानका छोरा निर्वाण खान । आफ्नो परिवारमा सबैभन्दा बढी सलमान निर्वाण खानसँग मिल्ने गर्छन् ।
त्यतिमात्र नभएर उनी निर्वाणको खुसीका लागि जे पनि गर्न तयार हुन्छन् । उनले निर्वाणको हरेक इच्छालाई पुर्याउने गर्छन् । सलमान आफू सबैभन्दा बढी माया निर्वाणलाई गर्ने बताउँछन् । जो सलमानका बतिज हुन् ।