२२ पुष २०७५, काठमाडौँ
चर्चित पत्रकार रवि लामिछाने यतिबेला सामाजिक सञ्जालमा सबैभन्दा भाइरल छन् । हुन त त्यसै पनि उनी सामाजिक सञ्जालमा छाइरहने व्यक्ति हुन् । तर यसपटक उनी उनको कामले भन्दापनि धेरै आफ्नी श्रीमतीसँगको डिभार्सको कुराले चर्चामा आएका छन् । रवि लामिछानेले आफ्नो २४ बर्ष लामो वैवाहिक जीवनमा पुर्णविराम लाएका छन् ।
उनले आफ्नी पत्नी इशा लामिछानेसँग डिभार्स गरिसकेका छन् । उनको डिभोर्स भएसँगै सामाजिक सञ्जालमा अनेक कुराहरु आउन थालेका छन् । रवि आफैँ पनि आफ्नो डिभोर्स भएपछि दुखी भएर फेसबुकमा विभिन्न स्टाटस हालिरहेका छन् । यस्तैमा रविको डिभोर्स भएपछि एक पत्रकार दिल निशानी मगरले रविको व्यङ्ग गर्दै एक स्टाटस लेखेका छन् । जुन अहिले सामाजिक सञ्जालमा निकै भाइरल भैरहेको छ । ती पत्रकारले भाउजु स्याहार्नै पर्छ भने म तयार छु भन्दै स्टाटस लेखेका छन् । जसका कारण उनी अहिले विवादित बनेका छन् ।