गैरराउटेलाई कोटको राजा भन्ने राउटेले आफै लगाए कोट



२३ पुष २०७५, सुर्खेत

आफूलाई बोटको राजा र गैरराउटेलाई कोटको राजा भन्न रुचाउने राउटेले कोट लगाएका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

उनीहरुले राउटे समुदायको सामजिकीकरण अभियानअन्तर्गतका कार्यक्रममा कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले वितरण गरेको कोट लगाएका हुन् ।

मन्त्रालयले चिसो मौसमलाई मध्यनजर गर्दै कोट वितरण गरेको थियो । वितरण गरिएको कोट समुदायका बालकदेखि वृद्धसम्मका पुरुषले लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्