२३ पौष २०७५, काठमाडौं
खेलकूद क्षेत्रको विकास र विस्तारलाई उच्च प्राथमिकता दिँदै भक्तपुरमा अन्तर्राष्ट्रिय रंगशाला बन्ने भएको छ । गत १९ गते सिंहदरवारस्थित युवा तथा खेलकूद मन्त्रालयमा भएको छलफलपछि सूर्यविनायक नगरपालिकाको ८ र ९ नं वडाको तौडल र महतगाउँमा रंगशाला निर्माण गर्ने जनप्रतिनिधि र मन्त्रालयबीच नीतिगत सहमति बताईएको छ ।
नेपाल सरकारले आगामी तीन वर्षभित्रमा सम्पन्न गर्ने उद्देश्यका साथ रंगशाला निर्माण गरिने भएको छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिने उक्त रंगशालाको लागि एक हजारदेखि आवश्यकताअनुसार एक हजार ५०० रोपनीसम्मको जग्गा मन्त्रालयको अनुरोधमा नगरपालिकाले व्यवस्था गर्ने भएको छ ।
कार्यक्रममा युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले सरकारको योजनाअनुसार आगामी तिन वर्षभित्रमा निर्माण सम्पन्न गर्ने गरी कार्य अगाडि बढाउनुपर्ने बताए ।