अर्काको गल्तिले कृष्णको २ हात र १ खुट्टा काटियो : श्रीमतीलाई स्टाफ नर्स पढाउने सपना अधुरै ! (भिडियो सहित)



२३ पुस २०७५, काठमाडौं

इलेक्ट्रिक सब इन्जिनियर पढेका रुकुम सिम्लिका कृष्ण ओली विगत सम्झेर निकै भक्कानिन्छन् । दाङ तुल्सिपुरको विद्युत अफिसमा साईट सुपरभाईजरको काम गर्ने उनलाई के थाहा जीवनमा यस्तो दिन पनि आउँछ भनेर ।

आफ्नो जीवनसंगिनीलाई स्टाफ नर्स पढाउने ठूलो सपना बोकेका कृष्णलाई गत जेठ २५ गतेका दिन उनले जीवनमा सोच्दै नसोचेको घटना घटन् पुग्यो ।

साँझपख अन्य सहयोगीको साथ कस्टमरहरुलाई बिद्युत प्रवाह गर्न लाइन बन्द गरेर पोलमा चढेका बेला नजिकैका मिलवाला साहुले लाईन अन गरिदिएपछि उनलाई ११ हजार भोल्टेजको करेन्ट लागेपछि उनी एक्कासी भुईमा खसे ।

तत्कालै उनलाई स्थानिय अस्पताल हुँदै नेपालगंज रिफर गरियो त्यहाँ पनि उपचार हुन नसक्ने भएपछि थप उपचारको लागि भारत लखनउमा पठाईयो ।

लखनउमा लामो उपचार गर्दा पनि स्वास्थ्यमा सुधार नभएपछि पुन: काठमाण्डौस्थित ग्राण्डी र किर्तिपुर अस्पतालमा लामो उपचार पछि उनि निको त भए तर अपसोच ! उनले आफ्ना दुवै हात र एउटा खुट्टा गुमाउन पुगे ।

आफ्नो परिवारको लागि केहि गर्छु भन्ने अठोट लिएका कृष्ण अहिले जसोतसो निको त भए तर दुवै हात र एउटा खुट्टा नभएकाले उनी पत्नी रुपाको साहारामा बाँच्नु परेको छ ।

कृष्णको उपचार गर्दा करिव ५० लाख ऋण लागेको उनकी श्रीमती रुपाले बताईन् । उनले भनिन्, ‘४०/५० लाख ऋण छ, हात खुट्टा राख्नलाई ५० लाख भन्दा बढी खर्च लाग्ने डाक्टरहरु बताउँछन् ।

२१ वर्षको कलिलो उमेरमै आफ्ना सपनाहरु बेडमा अर्ध ज्यानसँग सुताई रहेका कृष्णको परिवारलाई यो दु:खद घडीमा साथ सहयोग गर्न चाहनुहुन्छ भने कृपया सनराईज बैंकको कृष्ण ओलीको खाता नम्बर 0770503165205001 मा रकम जम्मा गरेर सहयोग गर्नुहोला ।

प्रतिक्रिया दिनुहोस्