साहिदले आफ्नी पूर्वप्रेमिका प्रियंकाका पतीलाई पठाए यस्तो मेसेज



२४ पुष २०७५, काठमाडौँ

साहिद कपुर बलिउडका निकै चर्चित अभिनेता हुन् । उनले बलिउडमा धेरै चलचित्रमा काम गरिसकेका छन् । तर एक समयमा उनको नाम पनि विभिन्न अभिनेत्रीसँग जोडिएर आउने गथ्र्यो । जसमध्ये एक हुन्, प्रियंका चोपडा । स्मरण रहोस् प्रियंका साहिदकी पूर्वप्रेमिका हुन् । साहिद र प्रियंकाको प्रेमले बलिउडमा लामो समयसम्म चर्चा पाएको थियो । तर पछि यी दुईले अलग बाटो रोजे ।

अहिले साहिद विवाह गरेर दुई सन्तानका बाबु बनिसकेका छन् भने प्रियंकाले पनि केहि महिना अघि आफ्ना अमेरिकन प्रेमी निक जोनसँग केहिसमय अघि विवाह गरिसकेकी छिन् । साहिद केहिदिन अघिमात्र करणको शो कफी विद करण मा पुगेका थिए । त्यहाँ करणले साहिदलाई तपाई निकलाई कस्तो सल्लाह दिन चाहनुहुन्छ ? भन्ने प्रश्न सोधेका थिए ।

साहिदले करणको प्रश्नको उत्तर जटपट दिइहाले । उनले निकलाई प्रियंकासँको सम्बन्धबाट कहिले पनि बाहिर आउन नखोज्नु किनकी अहिले उनी जोसँग छन् उनी पूर्णरुपमा देशी गर्ल हुन् भनेका छन् । साहिदको उत्तर सुनेर करण एकछिन त छक्क परे । तर उक्त शो मा साहिदले करणसँग खुब रमाइलो गरे ।

 

 

प्रतिक्रिया दिनुहोस्