२४ पुष २०७५, काठमाडौँ
ऋतिक रोशन बलिउडका नाम चलेका अभिनेता हुन् । अझ यसबर्ष त उनको चर्चा अझै चुलिएको छ । उनले विश्वभरका अभिनेतामध्ये आफूलाई पहिलो नम्बरमा पार्न सफल भएका छन् । यतिबेला उनको लागि दुखको खबर छ । उनका बाबु अर्थात् बलिउडका निकै सफल निर्देशक राकेश रोशनलाई क्यान्सर भएको पत्ता लागेको छ ।
राकेश रोशनलाई छालाको क्यान्सर भएको बताइएको छ । हुन त उनी क्यान्सरको पहिलो स्टेजमा छन् । त्यसैले पनि उनको रोग निको हुन त्यति कठिन छैन । उनले व्यायाम पनि दैनिक रुपमा गरिरहेका छन् । व्यायामले नभए अप्रेशन पनि गर्नुपर्ने डाक्टरले सल्लाह दिएका छन् । यतिबेला राकेश रोशन चलचित्र क्रिस ४ को तयारीमा छन् । जसमा उनी आफ्नै छोरासँग काम गर्दैछन् ।