२४ पुष २०७५, काठमाडौँ
जल शाह नेपालकी पुरानी नायिका हुन् । कुनै एक समयमा उनी नेपाली चलचित्र क्षेत्रमा निकै सक्रिय थिइन् । उनलाई धेरै दर्शकले निकै मन पराउँथे । तरपछि उनी एकाएक नेपाली चलचित्र क्षेत्रबाट टाढा भइन् । उनी अहिले अमेरिकामा बस्छिन् । तर केहिसमय अघि उनी नेपाल आएकी थिइन् । अहिले उनी नेपालको बसोबासमा धेरै ठाउँहरु घुमिरहेकी छिन् ।
यस्तैमा उनी एक वृद्धाआश्रम पुगेकी छिन् । उनी आफ्ना श्रीमान् र आफ्नी छोरीलाई लिएर त्यहाँ पुगेकी हुन् । धेरैको सङ्ख्यामा त्यहाँ वुद्धवृद्धा थिए । सबैसँग जल शाह निकै राम्रो व्यवहार गरिरहेकी थिइन् । उनीसँग उनी छोरीपनि सँगै काम गरिरहेकी थिइन् । जल शाहले उक्त वृद्ध आश्रममा सबैलाई खाना खुवाइन् । उनले आफ्नै हातले पनि खाना खुवाइन् ।
त्यतिमात्र नभएर जल शाहले सबैलाई टोपी र ओड्ने दिइन् । जल शाहलाई देखेर त्यहाँका वृद्धवृद्धा निकै खुसी पनि भए । आफूलाई यतिधेरै माया गरेको देखेर ती वृद्धवृद्धा भावुक हुँदै रुन थाले । जल शाह ती बुढाबुढीसँग निकै बेर बसिन् । उनले ती वृद्धवृद्धालाई खुसी बनाउन एकछिन नाचेर रमाइलो समेत गरिदिइन् । सबैले आफूलाई यतिधेरै माया र आर्शीवाद दिएको देखेर जल शाह पनि रोएकी थिइन् ।