जोडिने भयो कृष्ण ओलीको खुट्टा, देश तथा विदेशबाट पाए ८ लाख सहयोग (भिडियो सहित)



२५ पुष २०७५, काठमाडौँ

सायद कलिलै उमेरमा करेन्ट लागेर आफ्ना दुवै हात र एक खुट्टा गुमाएका कृष्ण ओलीलाई नचिन्ने कोहि छैनन् होला । उनको कथा सुनेर सायद नरुने मान्छे कोहि हुँदैनन् होला । साँझपख अन्य सहयोगीको साथ कस्टमरहरुलाई बिद्युत प्रवाह गर्न लाइन बन्द गरेर पोलमा चढेका बेला नजिकैका मिलवाला साहुले लाईन अन गरिदिएपछि उनलाई ११ हजार भोल्टेजको करेन्ट लागेपछि उनी एक्कासी भुईमा खसेका थिए । उनको धेरै ठाउँमा उपचार गराइसकिएको छ । तर पनि उनी ठिक हुन सकेनन् ।

अझ दुखलाग्दो कुरा त के छ भने जुन दिन उनको विवाहको १ बर्ष पुगेको दिन नै उनीसँग उक्त डरलाग्दो घटना घट्यो । तर कृष्ण ओली निकै भाग्यमानी पनि छन् । उनले यतिधेरै माया गर्ने रुपाजस्ती श्रीमती उनले पाएका छन् । कृष्णको त्यस्तो अवस्था भएपछि उनका आफन्तले उनलाई धेरैपटक यस्तो अपाङ्गलाई छोड्दे समेत भनेका रहेछन् तर उनले कहिले पनि कृष्णको साथ छोडिनन् । उनले हरेक पाइलामा कृष्णको साथ दिएकी छिन् । तर अब कृष्णको खुट्टाको उपचार हुने भएको छ ।

कृष्णको यस्तो दयनीय अवस्था देखेर पक्कै पनि सबैको मन रुन्छ । हुनपनि एक नेपालीले नेपालीलाई सहयोग नगरे अरु कसले गर्ने ? कृष्णको खुट्टाको सफल उपचार गराउनको लागि देश तथा विदेशमा रहनु हुने नेपालीहरुले कृष्णको लागि ४ लाखभन्दा बढी रकम पठाएका छन् । त्यतिमात्र नभएर उनको लागि अझ ४ लाख रकम आउने क्रममा छन् । यसरी हेर्दा करिब ७ लाख कृष्णको अकाउण्टमा जम्मा भैसकेको छ । त्यस्तै शिशिर भण्डारीले आफ्नै तर्फबाट ११ हजार कृष्णको लागि सहयोग गरेका छन् । आफूलाई यतिधेरै सहयोग गरेको देखेर कृष्ण निकै भावुक भए । अझ उनकी श्रीमतीले त रुदैँ सबैलाई हात जोड्दै धन्यवाद पनि दिइन् ।

कृष्णलाई अझै धेरै भन्दा धेरै सहयोग सहयोग चाहिएको छ । उनको उपचारको क्रममा पहिले नै निकै खर्च भैसकेको छ । जसका कारण उनी ऋणमा पनि डुबेका छन् । त्यसैले पनि हामीले उनको लागि अझै धेरै सहयोग गर्नु जरुरी छ । तर एउटा खुसीको खबर प्राप्त भएको छ । अब चाडैँ नै कृष्णको कृतिक खुट्टा जोडिने भएको छ । जसका कारण उनी हिडडुल गर्न सक्छन् ।

यो पनि पढ्नुहोस्

अर्काको गल्तिले कृष्णको २ हात र १ खुट्टा काटियो : श्रीमतीलाई स्टाफ नर्स पढाउने सपना अधुरै ! (भिडियो सहित)

 

 

प्रतिक्रिया दिनुहोस्