मोहमद बने अफ्रिकन प्लेअर अफ दि इअर



२५ पौष २०७५, काठमाडौं

इङ्लिस क्लब लिभरपुलबाट व्यवसायिक फुटबल खेल्ने इजिप्टका स्ट्राइकर मोहमद सलाहले अफ्रिकन प्लेअर अफ दि इअर बनेका छन् ।

२६ वर्षीय सलाहले लिभरपलकै टिममेट सेनेगलका साडियो माने र आर्सनलबाट प्रिमियर लिग खेल्ने गावोनका पिएरे एमरिक औवामेयाङलाई पछि पछि पार्दै लगातार दोस्रो पटक यो अवार्ड जितेका हुन् । वर्ष २०१८ मा राष्ट्रिय टिम र क्लब फुटबलमा उत्कृष्ट प्रदर्शन गरेका कारण सलाहले अवार्डको हकदार बने ।

सेनेगलको डकारमा भएको अवार्ड समारोहमा उनले अवार्ड ग्रहण गरेका हुन् । यस्तै सलाह अफ्रिकन टिम अफ दि इअरमा समेत परेका छन् । मैले सानैदेखि यो अवार्ड जित्ने सपना देखेको थिएँ र अहिले मैले लगातार यो दोस्रो पटक यो उपलब्धी हासिल गरे ।  सलाहले भने,  मेरो परिवार, टिममेट र फ्यानहरु सबैलाई धन्यवाद। म मेरो जन्मस्थान इजिप्टलाई यो अवार्ड डेडिकेट गर्न चाहन्छु ।

सन् २०१८ मा अन्तराष्ट्रिय फुटबलका साथै देशका लागि पुर्याएको योगदानका आधारमा सलाहलाई यो अवार्ड दिएको हो ।

प्रतिक्रिया दिनुहोस्