रवि लामिछानेको विवादबारे चर्चित ज्योती मगरले गरिन् यस्तो खुलासा….



२५ पुष २०७५, काठमाडौँ

ज्योती मगर नेपालकी चर्चित लोकगायिका हुन् । उनी मिडियामा आइरहने सेलेब्रेटि हुन् । उनी बेला बेलामा आलोचित भैरहने सेलेब्रेटि पनि हुन् । ज्योती आफ्ना गीतले भन्दापनि छोटा पहिरन र उत्ताउला क्रियाकलापका कारण बढी विवादित हुने गर्छिन् । भर्खरै मात्र ज्योती मगरले एक अन्तवार्तामा रवि लामिछानेको बिषयमा बोलेकी छिन् ।

अहिले जताततै रवि लामिछानेको श्रीमतीसँगको कुराले चर्चा पाइरहेको छ । उनले केहिसमय अघिमात्र आफ्नी पूर्वपत्नी इशा लामिछानेसँग डिभोर्स गरेका छन् । यसैबीच अहिले सामाजिक सञ्जालभरि रविको मात्र कुरा चलिरहेको छ । ज्योतीले पनि  रवि लामिछानेबारे यसो भनेकी छिन् । उनले रवि लामिछानेलाई राष्ट्रको हिरो भनेकी छिन् । तर राष्ट्रको हिरो घरको भिलेन हुँदैन भन्ने हुँदैन भन्ने उनको भनाइ छ । त्यस्तै उनले रविको मात्र सपोर्ट गर्न जरुरी नभएको बताएकी छिन् । उनको विचारम श्रीमान् र श्रीमती भनेका एक सक्काका दुई पाटा हुन् । त्यसैले दुवैको एकअर्काप्रति उत्तिनै सम्मान हुनु आवश्यक छ ।

उनले घरवार बन्नको लागि र विग्रनको लागि पनि महिला र पुरुषको बराबर भूमिका हुने भएकाले अहिले आएर रविको श्रीमतीलाई मात्र दोषी नसम्झन अनुरोध गरिन् । त्यतिमात्र नभएर उनले रविले आफ्नो डिभोर्स नहुँदै अर्की केटीमार्फत् बच्चा जन्माएको कुरा एकदमै गलत भएको बताएकी छिन् । उनले रवि लामिछानेको कुरामा उनी श्रीमती मात्र गलत नभएको बताइन् । साथै ज्योतीले एउटा कुरा सुनेमा त्यसको सत्यता नजानी त्यहि कुरालाई सहि मान्ने नेपालीको बानी एकदमै गलत भएको बताइन् ।

 

 

प्रतिक्रिया दिनुहोस्