२५ पुष २०७५, काठमाडौँ
सलमान खान बलिउडका निकै चर्चित सेलेब्रेटी हुन् । बलिउडमा बेला बेलामा उनको खुबै चर्चा हुने गर्छ । उनको चर्चा उनको कामका कारण भन्दापनि कहिलेकाहीँ उनको विवाहको कारण हुने गर्छ । सलमान ५३ बर्ष नाघिसकेका छन् । तरपनि उनी अहिलेसम्म अविवाहित नै छन् ।
सलमानको एउटा विशेषता के छ भने उनी अविवाहित नै भएपनि उनको नाम चाहिँ विभिन्न नायिकासँग सधैँ नै जोडिरहन्छ । यतिबेला सलमानको नाम युलियासँग जोडिएर आउँछ । जो रोमानियनकी हुन् । भारतीय मिडियाका अनुसार यी दुईको प्रेमसम्बन्ध सन् २०१३ देखि नै छ । तर सलमान र युलिया दुवैले यस विषयमा त्यति बोलेका भने छैनन् । तर युलिया सलमानका परिवारसँग भने निकै नजिक छिन् । उनी केहिसमय अघि सलमानसँग गोवा घुम्न गएको चर्चा चलेको थियो ।
सलमान केहिदिन अघि कपिल शर्मा शो मा आफ्ना भाइहरुका साथ आएका थिए । त्यहाँ उनले मेरो लागि आजभोली कोहि विशेष हुन थालेको छ भनेका थिए । त्यतिमात्र नभएर उनले म आजभोली सिंगल छैन पनि भनेका थिए । सलमानको उक्त कुराबाट उनी कसैसँग प्रेममा रहेको अनुमान गर्न सकिन्छ ।