२५ पुष २०७५, काठमाडौँ
सलमानका भाई अरबाज खान पनि बलिउडका नाम चलेका कलाकार हुन् । उनीपनि आफ्नो वैवाहिक जीवनका कारण नै धेरै चर्चामा आउने गर्छन् । अरबाजले २०१७ मा बलिउडकी आइटक गर्ल मलाइकासँग १८ बर्षको वैवाहिक सम्बन्धलाई पूर्णविराम लगाउँदै उनसँग डिभोर्स गरेका थिए ।
मलाईका र अरबाजले आफ्नो सहमतिका साथ डिभोर्स गरेका थिए । मलाईकासँ डिभोर्स हुने बित्तिकै अरबाज इटालियन मोडल जर्जिया एन्ड्रियासँग प्रेमसम्बन्धमा रहेका थिए । त्यसैले पनि उनी आजभोली जहाँ गएपनि उनको साथमा नै हुने गर्छन् । अब अरबाजले आफ्नो प्रेमलाई विवाहमा परिणत गर्ने भएका छन् ।
उनले अब आफूभन्दा २२ बर्ष कान्छि प्रेमिकासँग विवाह गर्ने भएका छन् । विवाहका लागि दुवैको परिवारले सहमति पनि दिइसकेको छ । अरबाजसँग सम्बन्ध विच्छेद भएपछि यतिबेला मलाइका पनि बलिउड नायक अर्जुन कुपरसँग रिलेसनमा छिन् । उनी पनि चाडैँ नै विवाह गर्दैछिन् ।