२५ पौष २०७५, काठमाडौं
संयुक्त अरब इमिरेट्स (युएई) सँग एक दिवसीय (ओडीआई) र टी ट्वान्टी सिरिज खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण आजदेखि शुरु भएको छ ।
कीर्तिपुरको त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुरु भएको बन्द प्रशिक्षणमा २० खेलाडीलाई बोलाइएको छ । तर राष्ट्रिय टिमका कप्तान पारस खड्का र दिपेन्द्र ऐरीं अष्ट्रेलियामा रहेका कारण केही दिनपछि मात्र बन्द प्रशिक्षणमा सामेल हुने बताईएको छ ।
बन्द प्रशिक्षणमा कप्तान पारस खड्कासहित वसन्त रेग्मी, भीम सार्की, अविनाश बोहरा, विक्रम सोब, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल र करण केसी छन् ।
त्यसैगरी ललित भण्डारी, ललित नारायण राजवंशी, आरिफ शेख, पवन सर्राफ, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शरद भेषावकर, सोमपाल कामी, सन्दीप जोरा र सुशन भारी छन् । तर आज भने प्रशिक्षणमा १६ खेलाडीको मात्रै सहभागिता रहेको बताईएको छ ।