सांसद उषाकला कपाल मुण्डन पारेर आमाको किरियामा



२६ पौष २०७५, काठमाडौं

सांसद उषाकला राई कपाल खौरेर आमाको किरियामा बसेकी छिन् ।

प्रदेश नं १ को सांसद उषाकला राईकी आमाको उपचारको क्रममा आज राजधानीको एक अस्पतालमा ज्यान गएपछि उनी किरियामा बसेकी हुन् । हिन्दु परम्परामा किरियामा छोरा बस्नुपर्ने हुन्छ । तर, उषाकलाको कुनै दाजुभाईहरु छैनन् । उनले एक सच्चा नारीको परिचय दिँदै आमाको किरियामा बसेकी हुन् ।

यस विषयलाई लिएर राईकी पति तथा पूर्व– कानूनमन्त्री शेर बहादुर तामाङले भनेका छन् । “उषाजी तपाईं साच्चै महान् हुनुहुन्छ । महिला र पुरुषलाई लैंगिक हिसाबले गरिएको विभेदको संवैधानिक र कानूनी हिसाबले अधिकांश अन्त्य भएपनि व्यवहारिक हिसाबले अन्त्य गर्न तपाईंहरू जस्तै नारीहरुको अग्रज कदमले योगदान पुग्नेमा हामी विश्वास गर्दछौ । मेरो सधैं तपाईप्रति सम्मान र समर्थन छ ।”

प्रतिक्रिया दिनुहोस्