२६ पुष २०७५, काठमाडौँ
नायक आर्यन सिग्देल कुनै बेलाका निकै चर्चित अभिनेता हुन् । तर पछि नयाँ कलाकारको आगमनसँगै उनको डिमाण्ड घट्दै गएको हो । यतिबेला फेरि उनी ब्याक टु ब्याक चलचित्रमा आउने तरखरमा छन् । हाल आर्यन विकास आचार्यको चलचित्र हजार जुनी सम्म मा व्यस्त छन् ।
भर्खरै मात्र आर्यनले साम्तेन भुटियाको नयाँँ प्रोजेक्टमा अनुबन्धित भएका छन् । साम्तेन भुटिया इमोसनल र पारिवारिक चलचित्र बनाउन माहिर मानिने निर्देशक हुन् । तर उनले आर्यनसँग एउटा कमेडि चलचित्र बनाउने भएका छन् । जसका लागि आर्यनले निकै महंगो पारिश्रमिक लिएको बुझिएको छ ।
चलचित्रको नाम फाइनल भएको छैन । त्यस्तै चलचित्रमा आर्यनसँग कुन नायिका आउने हुन् त्यो भने फिक्स भएको छैन । चलचित्रका निर्देशकले अब केहि दिनमै चलचित्रको औपचारिक घोषणा गर्ने बताएका छन् ।