‘कुलोमा पानी लिन जादाँ केटाले खुब जिस्काउँथे’ : बर्षा राउत



२६ पुष २०७५, काठमाडौँ

नायिका बर्षा राउत पछिल्लो समयमा निकै व्यस्त र डिमाण्डेड अभिनेत्री बनिसकेकी छिन् । उनलाई एकपछि अर्को चलचित्रमा समय दिन निकै कठिन भैरहेको छ । यतिबेला उनी चलचित्र गोपी को प्रचारप्रसार मा व्यस्त छिन् । चलचित्र गोपी पछि उनको चौका दाउ पनि लाइनमा रहेको छ ।

चलचित्र गोपी को एक कार्यक्रममा आफ्ना केहि विगतका रमाइला पलहरु सम्झिएकी  छिन् । बर्षाले चलचित्र गोपी मा अभिनेता विपिन कार्कीलाई साथ दिएकी छिन् । जो चलचित्रमा एक गोठालाको भूमिकामा देखिएका छन् । त्यहि प्रसङ्गमा बर्षाले आफ्ना रमाइला पलहरु सेयर गरेकी छिन् ।

अहिले उनी नायक सञ्जोग कोइरालासँग प्रेममा छिन् । यो कुरा त सबैलाई थाहा नै छ । तर जब उनी गाउँमा थिइन्, त्यतिबेला पानी थाप्न जाने कुलोमा भने उनी खुब समय बिताउँथिन् रे । बर्षाले निकै रमाईलो शैलीमा यो कुरालाई भनेकी छिन् की उनी गाउँमा हुँदा उनलाई मन पराउने खुब थिए रे । कुलोमा पानी लिन जादाँ केटाले जिस्काउँदा उनी पनि मुसुक्क हासिँदिन्थिन्  । के त्यो प्रेम त्यो भन्ने प्रश्नमा बर्षाले प्रेम नै त होइन तर उनीहरुले मलाई जिस्काउँदा म पनि हाँसिदिन्थे भनिन् ।

 

 

प्रतिक्रिया दिनुहोस्