क्रिसमस टोपीको आलोचनाबारे श्रृङ्खलाको जवाफ, भन्छिन् रमाईलो गरेका हो धर्मको प्रचार होइन



२६ पुष २०७५, काठमाडौँ

मिस नेपाल २०१८ की विजेता श्रृङ्खला अहिले कुनै सेलेब्रेटि भन्दा कम चर्चित छैनन् । सम्भवत मिस नेपालको इतिहासमा उनी सबैभन्दा सफल र चर्चित मिस नेपाल हुन् । उनी निकै सहयोगी पनि छिन् । उनले चेपाङ बस्तीमा गएर बनाएको भिडियोले धेरैको आखाँबाट आँशु झरेको थियो । उनको उक्त भिडियोलाई दर्शकले अत्याधिक रुचाए ।

उनी फेरि एकपटक क्रिसमसको आसपासमा उक्त चेपाङ बस्तीमा गएकी थिइन् । त्यहाँ उनले सबैलाई ब्याल्ङ्केट र कपडा दिएकी थिइन् । त्यतिमात्र नभएर श्रृङ्खलाले बच्चाहरुलाई क्रिसमसको टोपी लगाइदिएर खुसी बनाइदिएकी थिइन् । जसका कारण उनी आलोचित हुन पुगिन् । श्रृङ्खलाले बच्चाहरुसँग क्रिसमस टोपी लगाएर रमाइरहेको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरेकी थिइन् । जसलाई धेरैले धर्मको प्रचार गरेका बताइदिए ।

धेरैले नराम्रा कमेन्ट गरेपछि श्रृङ्खलाले यस विषयमा मुख खोलेकी छिन् । उनले आफूले उक्त टोपी बच्चाहरुसँग रमाइलो गर्न लगाइदिएको र धर्मको प्रचार गर्न नखोजेको बताइन् । त्यतिमात्र नभएर श्रृङ्खलाले म हिन्दु हुँ तर म सबै धर्मको सम्मान गर्छु र यो धर्म निरपेक्ष राष्ट्रमा यति सानो कुरालाई लिएर नराम्रो सोच्नु जरुरी छैन भनेकी छिन् । श्रृङ्खला चाडैँ नै उक्त चेपाङ बस्तीमा हेल्थ पोष्ट बनाउने भएकी छिन् ।

 

 

प्रतिक्रिया दिनुहोस्