२७ पुष २०७५, काठमाडौं
सांसदका पदाधिकारी तथा सांसदका स्वकीय सचिव (पिए) को तलब अब उनीहरुकै खातामा जाने भएको छ । संघीय संसद् सचिवालयले पुसदेखि स्वकीय सचिवालयका कर्मचारीको तलब कट्टा गरी सांसद तथा पदाधिकारीको तलब पठाउने भएको हो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।
सांसदले आफन्तलाई स्वकीय सचिव राखेको तथा उनीहरुको पारिश्रमिकसमेत आफैले राख्दै आएको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित भएपछि संसद् सचिवलयले पिएको तलब सांसदको खातामा पठाउने रोक लगाएको हो ।
‘स्वकीय सचिवको पारिश्रमिक यही महिनादेखि उहाँहरुकै खातामा राख्छौँ। अब सांसदहरुको खाामा पिएको तलब जान्न,’ सचिवालयका प्रमुख लेखा नियन्त्रक पुष्पप्रसाद गुरागाईले भने ।