२७ पौष २०७५, काठमाडौं
सरकारसँग पछिल्लो समय भएको सम्झौता अक्षरशः कार्यान्वयन नभएको भन्दै डा. गोविन्द केसीले बुधबारदेखि सुरु गरेका आमरण अनसन आज पनि जारी छ ।
संसदीय समितिले सहमतिविपरित चिकित्सा शिक्षा विधेयक पारित गरेपछि त्यसको विरोध गर्दै डा. केसी इलाम पुगेर १६ औं अनसन सुरु गरेका हुन् । चिकित्सा शिक्षा सुधारको माग गर्दै यसअघि नै १५ औं असनसन बसिसकेका डा. केसीसँग गत १० साउनमा ९ बबुँदे सहमति गरेको थियो ।
सो सहमति हुबहु कार्यान्वयन गनै आग्रह गरेको भएपनि समितिले त्यसलाई तोडमोड गरि पारित गरेको उनको आरोप छ । डा. केसीले यसअघि भएका सहमति कायान्वयन गर्न सातै प्रदेशमा मेडिकल कलेज खोल्न कामलाई तिब्रता दिन, कर्णालीमा एमविवीएस भर्ना लिने वातावरण मिलाउन, बालिका निर्मला पन्तको हत्यारा पक्राउ गर्न लगायतको ६ बुँदे माग राख्दै इलाम पुगेर अनसन सुरु गरेका हुन् ।
यता सरकारले भने डा. केसीको मागसहितको विधेयक पारित भईसकेको दावी गरेको छ । डा. केसीको ९५ प्रतिशत माग सम्बोधन भएको भन्दै उत्सव मनाउने बेला डा. केसीले अनसन सुरु गरेको बताएको छ ।