२७ पौष २०७५, काठमाडौं
भोली (शनिबार) देखि थाईल्याण्डमा सुरु हुने महिला टी–२० क्रिकेटको पहिलो खेलमा नेपालले चीनसँग खेल्ने भएको छ । आगामी माघ ०५ सम्म चल्ने खेलमा विभिन्न देशका १० टोलीले सहभागिता रहने बताईएको छ ।
टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसहित चीन, संयुक्त अरब इमिरेट्स , मलेसिया र थाइल्याण्ड छन् भने समूह ‘बी’ मा हङ्कङ, थाइल्याण्ड, इण्डोनेसिया, भुटान र म्यान्मा अटाएका छन् ।
नेपालले आफ्नो दोस्रो खेल यही पुस २९ गते मलेसियासँग, तेस्रो खेल ३० गते संयुक्त अरब इमिरेट्ससँग खेल्ने जनाईएको छ । अन्तिम खेल माघ २ गते थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । समूहमा शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।