बिपीएल : सन्दीप आज तेस्रो खेल खेल्दै



२८ पौष २०७५, काठमाडौं

नेपाली राष्ट्रिय टोलीमा खेलाडी सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिग बीपीएल क्रिकेटमा आज आफ्नो तेस्रो खेल खेल्दैछन् ।

सन्दीपको टिम सिलेट सिक्सर्स र ढाका डायनामिकबीचको खेल नेपाली समयअनुसार साँझ सवा ६ बजे ढाकामा सुरु बताईएको छ । डेब्यू खेलमै २ विकेट लिएका सन्दीपले दोस्रो खेलमा भने विकेटबिहिन रहे ।

सन्दीपको टिमले अहिलेसम्म खेलेका दुईमध्ये एक खेल मात्रै जितेको छ भने दुवै खेल जितेको ढाका डायनामिक ४ अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्