पुँजीगत बजेटको ६ महिनाः देउवाको खर्च ४७ अर्ब, ओलीले गरे ५१ अर्ब



२९ पुष २०७५, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको सबालमा सरकारले फड्को मारिरहेको बताए पनि सरकारी तथ्यांकले अघिल्लो सरकारले तुलनामा चार अर्ब रुपैयाँमात्र बढी खर्च भएको देखाएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

अघिल्लो वर्ष कम गर्न नसकेको भनेर आलोचना गरिएका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले पुस मसान्तसम्ममा ४७ अर्ब रुपैयाँ पुँजीगत बजेट खर्च गरेका थिए । प्रधानमन्त्री ओलीले यही ६ महिनामा पुँजीगत बजेट ५१ अर्ब रुपैयाँमात्र खर्च गरेका छन् । यो देउवाको तुलनामा चार अर्ब रुपैयाँमात्र बढी हो ।

प्रतिक्रिया दिनुहोस्