२९ पौष २०७५, काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले आठौं राष्ट्रिय खेलकूद समयमै गर्ने निर्देशन दिएका छन् ।
गएराती सरकारी निवास बालुवाटारमा खेलकूदमन्त्री जगतबहादुर सुनार लगायतका राखेप मदाधिकारीहरुसँगको भेटमा ओलीले सो कुरा बताएका हुन् । उनले भने, ‘प्रतियोगिता समयमै गर्नुस्, अपुग रकम सरकारले तत्काल निकाशा गर्छ ।’
१३ औं राष्ट्रिय साग राष्ट्र प्रतिष्ठासँग जोडिएको छ । उनले थपे ।