३० पौष २०७५, काठमाडौं
पाँचथरको फिदिममा जारी फाल्गुनन्द गोल्डकप फुटबलको उपाधिका लागि झापा ११ र विभागीय टिम नेपाल आर्मी भिड्ने भएका छन् ।
फिदिम माविको खेल मैदानमा सोमबार दिउँसो २ बजेपछि सुरु हुने बताईएको छ । सेमिफाइनलमा झापा ११ ले सरस्वती युथ र आर्मीले रोयल फुटबल क्लब दार्जिलिङलाई हराएर फाइनलमा भेट पक्का गरेका हुन् । दुवै टिमका प्रशिक्षकले उपाधि जित्ने दाबी गरेका छन् । प्रतियोगिताको विजेताले नगद चार लाख र उपविजेताले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगिताको उत्कृष्ट एक जना खेलाडीलाई मोटरसाइकल दिइने आयोजक फिदिम स्पोर्टिङ क्लबले जनाएको छ ।