यस कारण गरे सलमानले अर्जुन कपुरका पितालाई आफ्नो घरमा आउन बन्देज



३० पुष २०७५, काठमाडौँ

सलमान खानकी पूर्व बुहारी अर्थात् बलिउडकी आइटम गर्ल मलाइका अरोरा यतिबेला बलिउड अभिनेता अर्जुन कपुरसँग प्रेमसम्बन्धमा छिन् । उनले गतबर्ष मात्र सलमानका भाई अरबाज खानसँगको आफ्नो १८ बर्षको वैवाहिक जीवनमा पूर्णविराम लगाएकी थिइन् । यतिबेला दुवैजना आफ्नो प्रेममा रमाइरहेका छन् । तर भारतीय मिडिया अनुसार सलमान मलाइका र अर्जुनको प्रेमलाई लिएर निकै आक्रोषित भएको बताइएको छ ।

स्मरण रहोस केहि समय अघि अर्जुनको अफेयर सलमानकी बहिनीसँग चलेको थियो । त्यसैकारण पनि सलमान अर्जुन र मलाइकाको विवाह हुने कुरालाई लिएर रुष्ट भएको जनाइएको छ । कुनै समयमा अर्जुन भर्खरै बलिउडमा आएको बेलामा सलमानले उनलाई निकै सहयोग गरेका थिए ।

सलमानले अर्जुनलाई आफ्नो घरमा आउन दिदैनन् । अब अर्जुनलाई मात्र नभएर अर्जुनका पितालाई पनि सलमानले आफ्नो घरमा आउन प्रतिबन्ध लगाएको कुरा भारतीय मिडियाले बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस्