आउँदो असारमा विवाह गर्दै प्रियंका र आयुष्मान



३० पुष २०७५, काठमाडौँ

प्रियंका कार्की र आयुष्मान देशराज जोशी नेपाली चलचित्र क्षेत्रमा अत्यन्तै चर्चा पाउने जोडी हो । कहिले आलोचनाले त कहिले प्रेमको चर्चाले यो जोडी मिडियामा छाइरहेको हुन्छ । यतिबेला यी दुवै चलचित्र प्रेम दिवस मा व्यस्त छन् । जहाँ यी दुईले जोडीको रुपमा नै काम गरेका छन् ।

प्रियंकाले यस बर्षको असारमा आयुष्मानसँग इन्गेजमेन्ट गरेकी थिइन् । इन्गेजमेन्ट पछि उनका धेरै फ्यानहरुले उनलाई विवाह कहिले गर्ने भन्ने प्रश्न गरिरहन्थे । यस्तैमा प्रियंकाले हालैमात्र भएको एक अन्तवार्तामा आफ्नो विवाहबारे केहि बोलेकी छिन् ।

प्रियंकाले आउँदो असारमा आफ्नो विवाह हुने बताइन् । उनको आयुष्मानसँगको विवाह दोस्रो हुनेछ । किनकी उनले एकपटक विवाह गरेर सम्बन्ध विच्छेद गरेकी हुन् । प्रियंकाले आफू आयुष्मानसँग निकै खुसी भएको समेत बताइन् ।

 

 

प्रतिक्रिया दिनुहोस्