३० पुष २०७५, काठमाडौँ
पछिल्लो समयमा नेपाली संगीत बजारमा मानिसले कभर गीतहरु बढी सुन्न थालेका छन् । जसका कारण धेरै गायक गायिकाले दर्शकको माया पाउन सफल भएका छन् ।
जसमध्ये युवा पुस्ताका ढुकढुकी बन्न सफल भएका छन् स्वप्न सुमन र त्रिशला गुरुङ । यी दुवैले आफ्नो गायन करिअरको सुरुवात कभर गीतबाट गरेका हुन् । जसले गर्दा उनीहरुलाई निकै सफलता मिल्यो । भर्खरै मात्र बजारमा स्वप्न र त्रिशलाको नयाँ गीत सार्वजनिक भएको छ ।
रवि मल्लको शब्द र कल्याण सिंहको संगीत रहेको पिरतीको गाउँ बोलको गीतमा स्वप्न सुमन र त्रिशला गुरुङको आवाज रहेको छ । उक्त गीत चलचित्र सय कडा दशको हो । यसअघि यो चलचित्रको दाईलाई कुरा लाइदिने बोलको गीतले खुब चर्चा पाएको छ ।