समाजको वास्तविकतालाई चलचित्रमा देखाउँदा दर्शकले साथ नदिएको भन्दै रेखाले गरिन् गुनासो



१ माघ २०७५, काठमाडौँ

नायिका रेखा थापा नेपालकी निकै चर्चित नायिका हुन् । कुनै एक समयमा नेपाली चलचित्र क्षेत्रमा उनले मात्र राज गरेकी थिइन् । तरपछि नयाँ कलाकारको आगमनसँगै रेखाको स्टारडम घट्दै गयो । त्यसबाहेक उनका चलचित्रको लगातार असफलता र विभिन्न कुराको आलोचनाले रेखाले पछिल्लो समयमा दर्शकको त्यति माया पाउन सकिनन् । भर्खरै मात्र रेखाले एक कार्यक्रममा दर्शकप्रति गुनासो पोखेकी छिन् ।

रेखा थापा नायिका मात्र नभएर समाजसेवी पनि हुन् । उनले धेरै महिला र बालबालिकाको उद्धार गरिसकेकी छिन् । पछिल्ला समयमा उनका चलचित्र पनि बालबालिका र समाजमा हुने घटनामा आधारित नै बनेका छन् । तर विडम्बना उनका पछिल्ला चलचित्र त्यति सफल हुन सकेनन् । उनले एसिड प्रहारमा आधारित चलचित्र रुद्रप्रिया बनाइन् तर उक्त चलचित्रलाई दर्शकले खासै रुचाएनन् । त्यस्तै उनले पछिल्लो समयमा चलचित्र मालिका निर्माण गरिन् । जुन बालिविवाहमा आधारित थियो । तर उक्त चलचित्रले पनि सफलता पाउन सकेन ।

रेखाले पछिल्लो समयमा आफूले चलचित्र पैसा कमाउनको लागि मात्र नभएर समाजको वास्तविकता पर्दामार्फत् ल्याउन खोजेको बताइन् । उनले आजभोली मानिसहरु केवल मनोरञ्जनका लागि मात्र चलचित्र हेर्न हलसम्म जाने गरेको बताइन् । त्यतिमात्र नभएर रेखाले हिन्दि चलचित्रहरुको कथा जति नै नराम्रो भएपछि दर्शकहरु खुसी हुँदै हेर्न जाने गर्छन् जबकी सबैलाई थाहा छ त्यो पैसा जाने बाहिर नै हो तरपनि हामी हेर्न जान्छौ तर आफ्नो देशमा भएको समस्यालाई पर्दामा उतार्ने कोशिस गर्दा त्यो चलचित्र हेर्न जाने फुर्सद कसैलाई हुँदै भनेर गुनासो पोखिन् ।

रेखाले आफूले समाजको वास्तविकतालाई चलचित्रम उतारेर केहि हदसम्म समस्याको समाधान हुने आफूलाई लागेको बताइन् । उनले मिटु अभियानबारे सोध्दा जे गरेपनि यो समाजले महिलालाई नै दोष दिने गरेको बताइन् । साचोँ कुरा नै बोल्दा पनि बरु आफ्नो करिअरलाई असर गर्ने तर त्यो कुरा दर्शकले नपत्याउने उनले बताइन् ।

 

 

प्रतिक्रिया दिनुहोस्