बर्षा भन्छिन्, ‘हाम्रो विवाह एकदमै सामान्य तरिकाले हुन्छ’



१ माघ २०७५, काठमाडौँ

नायिका बर्षा राउतले हिजोमात्र आफूले यहि फागुन २ मा विवाह गर्न लागेको कुरा सार्वजनिक गरेकी छिन् । करिब ७ बर्षको लामो प्रेमसम्बन्धपछि उनले र सन्जोगले विवाह गर्न लागेका हुन् । विवाहको कुरा सार्वजनिक भएसँगै उनीहरुलाई बधाई दिनेको ओइरो नै लागेको छ । यस्तैमा बर्षाले आफ्नो विवाहबारे केहि बताएकी छिन् ।

उनले पुजारीको भनाइअनुसार यो बर्ष विवाह गर्न लागेका बताइन् । उनले आफ्नो विवाह निकै साधारण र पुरानै शैलीमा हुने बताइन् । उनले आफ्नो विवाहमा केहि नयाँ नथपिने समेत बताइन् । बर्षाले सन्जोगसँग विवाहपछि करिअरलाई असर गर्छ भन्ने प्रश्नमा झनै सजिलो हुन्छ भनिन् । उनले अहिले आफू एक्लैले सबै कुराको निर्णय गर्नु परेको तर कोहि साथी साथमा भए सजिलो हुने बताइन् । उनले प्रेम दिवसको दिनमै नै सन्जोगसँग विवाह गर्दैछिन् ।

 

 

प्रतिक्रिया दिनुहोस्