१ माघ २०७५, काठमाडौँ
इमरान हाशमी बलिउडका चर्चित अभिनेता हुन् । अझ् धेरैले उनलाई किसर ब्वाईको रुपमा चिन्ने गर्छन् । उनले अधिकांश चलचित्रमा दिने किस सिनका कारण उनी बेला बेलाम चर्चा र आलोचनामा आउने गर्छन् । इमरानका जेठा छोरा आयान विगत ५ बर्षदेखि क्यान्सर रोगले पिडित थिए ।
इमरानका छोरा आयान ५ बर्षसम्मको निरन्तर उपचारपछि क्यान्सरमुक्त भएका छन् । इमरानले आफ्नो इन्ष्ट्राग्राममा आफ्नो र छोराको फोटो सेयर गर्दै छोरा पूर्णरुपले क्यान्सर मुक्त भएको जानकारी गराएका छन् । साथै उनले आफ्नो फ्यानहरुलाई पनि आफ्नो छोराको लागि प्राथना गरेकोमा धन्यवाद दिएका छन् ।
इमरानले छोरालाई क्यान्सर रोग लागेपछि यसबारे एक किताब पनि सार्वजनिक गरेका थिए । उनका छोरा अहिले पूर्णरुपमा स्वस्थ भैसकेका छन् । इमरानले आफ्नो छोरा ठिक भएको खुसी आफ्नो फ्यानहरुसँग साटेका छन् ।