०१ माघ २०७५, हेटौंडा
प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले योग र ध्यानले मानव जीवनमा फाइदा पु¥याउने बताउनुभएको छ ।
राष्ट्रिय योग दिवस मुल समारोह समितिद्वारा आयोजित योग दिवस विशेष कार्यक्रममा उहाँले मानव जीवनमा योगको धेरै महत्व भएकाले जीवनमा सोको प्रयोग गर्न नसकिएको बताउनुभयो । रोग लाग्न नदिन तथा धेरै रोग निको पार्न पनि योग र ध्यानको महत्व रहेको उहाँको भनाइ थियो ।
राष्ट्रिय योग दिवस मुल समारोह समितिका प्रमुख तथा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलाल, प्रदेशसभा सदस्य जुनेली श्रेष्ठ, जिल्ला समन्वय समिति उपप्रमुख भगवती पुडासैनी लगायत सहभागी हुनुहुन्थ्यो ।