‘विश्व शान्ति मैत्री पूजा’ सिन्धुलीमा



०१ माघ २०७५, काठमाडौं

बोधि श्रवण धर्म सङ्घले विश्व शान्ति र मानव कल्याणको कामनासहित यही माघ ३ देखि ६ गतेसम्म सिन्धुली कमलामाई नगरपालिका–८ पैरेमा ‘विश्व शान्ति मैत्री पूजा’ गर्ने भएको छ ।

मैत्री धर्मका संस्थापक रामबहादुर बमजमले जीवन र जगत्बारे दीक्षा दिनुभएका धर्मगुरुको सहभागितामा हुने पूजामा विश्वका प्राणीजगत्प्रति सकारात्मक दृष्टिकोण विकास गरी अहिंसा अपनाउने र शान्ति कायम गर्ने उद्देश्य राखिएको छ । विभिन्न कारणले मृत्युवरण गरेका पितृको उद्धार गर्न प्रार्थना तथा पूजा गरिनेछ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सङ्घका प्रवक्ता तथा पूर्वमन्त्री मणि लामाले समाजमा एकापसमा सद्भाव तथा भ्रातृत्व कायम राख्न सकेमा मात्र शान्ति र समृद्धि प्राप्त हुने बताउँदै त्यसका लागि पूजा गर्न लागिएको जानकारी दिनुभयो ।

सङ्घका सदस्य भूमि देवकोटाले सङ्घका गतिविधिमा प्रहरीले अनुसन्धान गरिरहेका समयमा सङ्घप्रति लक्षित गरी विभिन्न नकारात्मक प्रचार गरिएकामा चिन्ता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्