०१ पौष २०७५, भोजपूर
भोजपुरमा हालसम्म २७० घरको पुनर्निर्माण सम्पन्न भएको छ । भूकम्प गएको साढे तीन वर्ष बितिसक्दा पनि अहिलेसम्म २७० घरको मा पुनर्निर्माण सम्पन्न भएको हो । भूकम्पबाट पूर्ण क्षति भएका जिल्लाका पाँच हजार १६७ घरमध्ये हालसम्म २७० जनाले तेस्रो किस्ताको रकम बुझेको जिल्ला आयोजना कार्यान्वयन एकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारको कार्यालय भोजपुरले जनाएको छ ।
दुई हजार ५३६ जनाले दोस्रो किस्तावापत रकम बुझिसकेका छन् भने पाँच हजार ७१ जनाले पहिलो किस्ताको रकम बुझेको सो कार्यालयका नायब सुब्बा हरिकृष्ण दाहालले जानकारी दिनुभयो ।
पुनर्निर्माणअन्तर्गत पहिलो किस्ता लिएर पारिवारिक समस्याको कारण देखाउँदै एक जनाले भने रकम फिर्ता गरेको कार्यालयले जनाएको छ । जिल्लामा प्रबलीकरणको सङ्ख्या ४५३ रहेकामा हालसम्म १८४ जनाले सम्झौता गरी निकासा लिएको कार्यालयले जनाएको छ ।