०२ माघ २०७५, इटहरी
इटहरीमा प्रदेश नं १ कै सर्वाधिक पुरस्कार राशि भएको मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्ड कप फुटबल प्रतियोगिता हुने भएको छ । राष्ट्रिय जागृति क्लब इटहरी को आयोजनामा सञ्चालन हुने प्रतियोगिता माघ १२ गते देखी सुरु भएर १९ गतेसम्म सञ्चालन हुने सोमवार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराईएको छ । खेल क्षेत्रमा निरन्तर योगदान गदै आएको क्लबले खेलकुदको विकास र खेलकुदको माध्यमबाट राष्ट्रको विकास गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरेको हो ।
सुनसरीको इटहरी रङ्गशालामा हुने प्रतियोगितामा त्रिभुवन आर्मी, नेपाल पुलिस, थ्री स्टार क्लब काठमाडौं, मनाङ मर्स्याङ्दी क्लब काठमाडौ, डिफेन्स टिम फेम्लि क्यामरुन, जर्ज टेलीग्राफ कलकत्ता, झापा ११ र आयोजक राष्ट्रिय जाग्रीती क्लब इटहरी गरी ८ टोलीको सहभागिता रहने जनाइएको छ ।
प्रतियोगीतामा उपाधि विजेताले १६ लाख उपविजेताले ८ लाख पाउने आयोजकले जनाएको छ । प्रत्येक खेलको म्यान अफ द म्याचलाई १० हजार प्रदान गरिने सुनसरी खेलकुद विकास समितिका अध्यक्ष अनुरोध थापाले जानकारी दिए ।
सर्वोत्कृष्ट गोलकिपरलाई २० हजार, सर्वोत्कृष्ट डिफेन्डरलई २० हजार, सर्वोत्कृष्ट मिडफिल्डलाई २० हजार, र्सोत्कृष्ट फरवाडलाई २० हजार, सर्वोत्कृष्ट प्रशिक्षकलाई २० हजार, सर्वा्धिक गोलकर्तालाई ३० हजार, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ३० हजार नगद र ४२ इनचको एलइडि टिभी प्रदान गरिने छ । टिकट लक्की ड्रबाट भाग्यमानी दर्शकलाई ३२ इनचको एलइडि टिभी दिइने आयोजकले जननाएको छ ।
प्रतियोगिता गर्नको लागी ६५ लाख लागत लाग्ने आयोजकले जनाएको छ । जसमा इटहरी उपमहानगरपालिकावाट ५ लाख बजेट निकासा भएको छ भने, विभिन्न प्रायोजक सङ्घ सस्थावाट ३० लाख जुट्ने बताइएको छ । प्रतियोगिता सञ्चालन गर्न राष्ट्रिय खेलकुद परिषद्ले ३० लाख प्रदान गरेको आयोजकले जानकारी दिएको छ ।
अघिल्लो संस्करणमा थ्री स्टार क्लबले उपाधि जितेको थियो भने मनाङ मर्स्याङ्दी क्लब उपविजेता भएको थियो ।