०२ भदौ २०७५, काठमाडौं
वर्षाको हिलाम्य सडकमा चिप्लिएर गरल्याम्म सडक विचमा पल्टिएका लुगा र अनुहार नै नचिनिने स्कुटर वा मोटरसाईकलका चालक हुन् या सडक छेउमा व्यापार गरी जीविकोपार्जन गर्ने दिदीलाई हुईकिदै आएको गाडीले हिलो उछिट्याएर अनुहार समेत छोपिएकी दिदीको फोटो नै किन नहोस । कलेज पढ्ने तन्नेरीहरू सामाजिक संजालमा पोस्ट्याएर प्रधानमन्त्री र नगरप्रमुखलाई गाली गर्नु उनीहरुको दैनिकी सम्झन्थे ।
सरकार फेरिएसँगै शहरिया तन्नेरीको सोचाई पनि फेरियो । सडकमा खाल्डाखुल्डी देख्ने वितिक्कै कागजका जहाज बनाई फोटो खिचेर सामाजिक संजालमा रङ्गयाउन थाले–ओलीको पानी जहाज काठमाडौंको सडकमा भन्दै ।
अझ कतिपय समयमा आफ्नै कलेजका केटा साथीको बाईकले जानी–जानी धमिलो पानीले भिजेका केटी साथीहरुको कथा नै किन नहोस् । गतवर्षसम्म दिनदिनै अझ छिनछिनै – नयाँनयाँ स्टोरीहरु हुन्थे तन्नेरीहरुलाई सामाजिक संजालका लागि । लडेकोलाई उठाउनु, भिजेकोलाई बचाउनु उनीहरु आफ्नो दायित्व ठान्दैनथे । किनभने न टिभिमा, न पत्रिकामा न स्कूलमा त्यो बारे बुझेँ । न कसैले बुझाएँ ।
सरकार फेरिएसँगै शहरिया तन्नेरीको सोचाई पनि फेरियो । सडकमा खाल्डाखुल्डी देख्ने वितिक्कै कागजका जहाज बनाई फोटो खिचेर सामाजिक संजालमा रङ्गयाउन थाले–ओलीको पानी जहाज काठमाडौंको सडकमा भन्दै ।
अहिले सुन्दैछु, सामाजिक मुद्दामा जोडिएका तन्नेरी पार्टीहरु काठमाडौंमा हिलो र धुलोपूर्ण रुपमा नसकिंदै फुटे रे ! सकिने भए रे !
पढेका तन्नेरीले बुझिहालें मतदाता नामावलीमा नाम हुने जो सुकै नेपाली नागरिकले निर्वाचनमा भाग लिन पाउने अधिकारको कुरा । अधिकारवादी आन्दोलनको मलजलमा हुर्किएका सरकार विरुद्ध बोल्ने, लेख्ने क्षमता सहितका प्रविधिमैत्री तन्नेरीहरू स्थानीय निर्वाचनमा देश विगार्ने जति सबैको जिम्मा ओलीलाई थुपारेर चुनावी मैदानमा उठे ।
एउटा पोष्टमा हजारौँ लाईक र कमेन्ट आएको अनुभव अनि यू–ट्युवमा गरेका आफ्नै भाषणमा पाएका लाखौँ दर्शक श्रोताको हिसाब किताब पछि उनीहरु राजनीतिमा निस्किए ।
हिलोमान्डु–धुलोमाण्डु चाहिदैन । पुरानो पार्टी छोडौँ नयाँ पार्टी रोजौं । धुलो, हिलो, पुरानो सबै बाईवाई–भोट हालौँ तराजुलाई ! राजनीतिक पार्टी, नेताहरु र राजनीतिक अस्थिरताले धेरै मतदातालाई नयाँ विचार प्रति आशा जगायो । त्यसैले त ठूला पार्टीहरुलाई समेत टक्कर दिए–नयाँ पार्टीका तन्नेरी उम्मेद्वारले ।
विद्यासुन्दर ! मलाई आज एकाविहानै तिम्रो नेतृत्वको पुरै शहर घुम्न मन लाग्यो । सहयात्री मेघराज सहित म ३ घण्टाको मोटर साईकल यात्रामा चक्रपथलाई फन्को मार्ने मात्र होईन । भित्रि बाटाहरु पनि घुमे । एकाधलाई छोडेर शहरमा, खाल्टो, हिलो र धुलो खासै भेटेनौँ ।
अहिले सुन्दैछु, सामाजिक मुद्दामा जोडिएका तन्नेरी पार्टीहरु काठमाडौंमा हिलो र धुलोपूर्ण रुपमा नसकिंदै फुटे रे ! सकिने भए रे !
कम बोल्ने कला भएका सुन्दर विद्यासुन्दर !|
फेसबुकमा साथी भएपनि विद्यासुन्दरले व्यक्तिगत रुपमा मलाई चिन्दैनन् । चुनावको बेला काठमाडौं–६ बाट उनलाई जिताउन लागेको भएपनि त्यसयता न बधाई न भेटघाट । दुवै आ–आफ्नो काममा । २ पटक स्थानीय निर्वाचनमा निर्वाचित भईसकेको मान्छे किन धेरै नबोल्ने होला, कहिले काही भनौँ कि भन्ने लाग्थ्यो । एकजना साथीले पहिले तँ नेवारीमा भाषण गर अनि विद्यालाई सुझाव दे भन्यो ! आफ्नो भाषण गर्ने औकात नभएपछि म निःशब्द भएँ । सुनेको छु, एकजना पत्रकार मित्रले एउटा प्रसङ्गमा लिएको अन्तरवार्ता प्रविधिको प्रयोगले लाजमर्दो बनाईदिएपछि पत्रकार भनेपछि उनी ५ हात सर्छन रे !
२ पटक पहिल्यै चुनाव जितेको शिक्षित नेतालाई धेरै बोल्दा चिप्लिने अनुभव आफ्नै पार्टीका शेरबहादुर तामाङ र केशव स्थापितबाट सिके होला भन्ने लाग्यो । त्यसैले सञ्चार जगतलाई वेवास्ता गर्नु लोकतन्त्रको कुरुपता भन्न समेत मन लागेन ।
यद्धपी नबोलेरै विवादमुक्त भने भएनन्–उनीपनि । गाडीमा जोडेको साईरन होस् वा विदेश भ्रमणको कारण होस् । त्यतिले नपुगेर तन्नेरीले रानीपोखरीमा फुटबल खेलेर भएपनि आलोचना गरिरहेका छन् । रानीपोखरी नबन्नुमा उनको कमजोरी छ वा नीतिको । पुरातत्व जिम्मेवार छ वा संस्कृति मन्त्रालय ! त्यो खोजीको विषय बन्न सक्छ ।
विद्यासुन्दर ! मलाई आज एकाविहानै तिम्रो नेतृत्वको पुरै शहर घुम्न मन लाग्यो । सहयात्री मेघराज सहित म ३ घण्टाको मोटर साईकल यात्रामा चक्रपथलाई फन्को मार्ने मात्र होईन । भित्रि बाटाहरु पनि घुमे । एकाधलाई छोडेर शहरमा, खाल्टो, हिलो र धुलो खासै भेटेनौँ ।
सधैँ धुलो र धुवाले नचिनिने सडक बाटोका ट्राफिकहरू विना मास्क रोडमा खटिरहेका देखिन्थे । सडकका भित्रि बाटाहरु मात्र हैन । करिडोरका बाटाहरु समेत राम्ररी बनेका र बन्दै गरेका प्रष्ट देखिन्थे । सोचे ! मेलम्चीको पानी काठमाडौं भित्रिए सँगै विदेशीलाई देखाउन धुईने राजधानीका सडक सधैंभरी धुलो रहित हुनेछन् । हिलो रहित हुनेछन् । देशका नागरिक र विदेशी पर्यटकलाई गर्ने राज्यको नीति पनि समान हुनेछ ।
सुन्दर र हरौँहेरौँ लाग्ने मनमोहक चिल्ला सडकहरुले मुलुककै राजधानीको गरिमा बढाई रहेका थिए । चिल्ला र सुन्दर सडकमा सहयात्री मेघराजले सयौँ फोटाहरु खिचे । रिङ्ग रोड भित्रका प्रायः सडक चिल्ला थिए । गल्लीहरु विहानको घामसँगै टल्किएका देखिन्थे ।
चीन र जापान सरकारले बनाएका सडक मात्र होईन । तिम्रै सरकारले बनाएका हजारौं साना ठूला सडक र बाटाहरु समेत चिल्ला थिए । काला थिए । गत वर्ष बाईकमा म आफैँ चिप्लिएर लडेको विशालनगर उकालोको बाटो समेत विहानको घाम सँगै टल्किएको थियो । विशालनगर, अनामनगर, दरवारमार्ग मात्र होईन, रत्नपार्कमा समेत सडक यात्रीहरु बिना मास्क हिडिरहेका थिए । बस कुर्दै बसेका तन्नेरीहरू बिना मास्क बस स्टेशनमा मोबाईल चलाई रहेका देखिन्थे । सडक छेउमा व्यापार गर्नेहरु विना मास्क व्यापार गरिरहेका देखिन्थे । यी सबै घटनाले बदलिएको तिम्रो शहरको झल्को देखिएको थियो । देशको राजधानीको गौरव बढाईरहेको थियो ।
हाम्रो यात्रामा प्रायः सडकहरु चिल्ला र मनमोहक देखिन्थे । केहि मर्मतको लागि काम भै रहेका देखिन्थे । म दिलबाट धन्यवाद दिन्छु – एक विहानमा पुरा काठमाडौं घुम्दा पनि म र मेरो सहयात्रीले लुगा नफेरी अफिस आउन अप्ठ्यारो भएन । गत वर्षसम्म १५ मिनेट गुड्दा कलर बदलिने मेरो ज्याकेट आज उस्तै थियो । मेरो पछि बसेको साथीले सिङ्गो शहरभरी मास्क प्रयोग गरेनन् । घरमा खाना खानु अघि उनले मुख धुन समेत जरुरी ठानेनन् । एक गिलास पानीको भरमा ३ घन्टे यात्रामा थकानको अनुभव नै भएन । किनभने तिम्रा शहरका खाल्डाहरू पुरिसकेछन् । सातदोबाटो, कोटेश्वर र बानेश्वर बाहेक अफिस समयमा पनि व्यस्त रोडमा गुड्ने हजारौँ गाडीहरु विना रोकावट गुडिरहेका थिए ।
सधैँ धुलो र धुवाले नचिनिने सडक बाटोका ट्राफिकहरू विना मास्क रोडमा खटिरहेका देखिन्थे । सडकका भित्रि बाटाहरु मात्र हैन । करिडोरका बाटाहरु समेत राम्ररी बनेका र बन्दै गरेका प्रष्ट देखिन्थे । सोचे ! मेलम्चीको पानी काठमाडौं भित्रिए सँगै विदेशीलाई देखाउन धुईने राजधानीका सडक सधैंभरी धुलो रहित हुनेछन् । हिलो रहित हुनेछन् । देशका नागरिक र विदेशी पर्यटकलाई गर्ने राज्यको नीति पनि समान हुनेछ ।
अन्त्यमा,
सफा र चिल्ला सडक समृद्धिका सूचक हुन तर प्रयोगकर्ता जिम्मेवार भएनन् भने त्यो दीगो बन्न सक्दैन । काट्न नमिल्ने ठाउँमा बाटो काट्ने यात्री हुन् वा सडक छेउमा कर्मचारीले बढारेर थुपारेको धुलो । त्यसले सुन्दर सडकलाई गिज्याई रहेको देखिन्थ्यो । ट्राफिक सम्बन्धि जनचेतना वा कडा जरिवाना गर्ने हो र सडक बढार्नेले नै उठाउने नियम बनाउने हो भने दुवै समस्या तत्काल समाधान हुने देखिन्थ्यो ।
कालो र चिल्लो सडकमा टाँसिएर बनेका घरवालाले सडकमा फालेका फोहोरहरु प्रष्ट देखिन्थे । आफ्नो घरबाट निस्किएको धुलोलाई सडकमा फालेर घरलाई सुन्दर बनाउनु जिम्मेवार नागरिकले गर्ने काम होईन भन्ने बुझाउन सकिएमा त्यसमा पनि कमी आउने नै थियो । आधा सडक ओगटेर मर्मत गर्दै गरेका भित्रि बाटाका सवारी साधन मर्मत केन्द्र हुन वा व्यापारीले प्रयोग गरेका सडक हुन् । दुबैले सुन्दरतालाई धमिलो बनाएका देखिन्थे ।
आकाशेपुलको अभावमा बाटो काट्न बाध्य रिङ्ग रोडका बटुवाहरु मात्र हैन । हिड्नै नमिल्ने सडकमा लाज नमानी हिडिरहेका यात्रुहरु समेत प्रसस्त देखिन्थे । जेब्रा क्रस हुँदाहुँदै त्यसको वास्ता नगरी निषेधित बाटोमा हल्लिएर हिड्ने नागरिकहरु समेत थुप्रै भेटिए । हर्न निषेधित नगरमा कान फुट्ने गरी हर्न बजाउने गाडी र माईक्रो चालकको आतंक अझै रोकिएको देखिएन भने ट्रक र गाडीबाट निस्किने कालो धुवाँले कतै कतै सिङ्गो क्षेत्रलाई अन्धकार बनाएको समेत प्रष्ट देखिन्थ्यो ।
आफूले बनाएका बाटाहरु भन्दा अरुले अनुदानमा बनाएका बाटाहरु धेरै सुन्दर देखिन्थे । सरकारी स्रोत र साधन पाएसम्म जनताले खाने तर सरकारलाई तिर्ने कर चाहिँ तिर्न नपाए हुन्थ्यो भन्ने नगरवासीको मानसिकतामा परिवर्तन गराई सबैलाई कर तिराउन सक्ने हो भने तिमीले आफ्नो शहर मात्र होईन । नेपालका धेरै शहरहरु यसैगरी सुन्दर बनाउन सक्ने थियौँ । अर्को विहान मेरो देशको राजधानी घुम्दा मैले तिरेको करले बनेको चिल्लो बाटोमा हुईकिदा अझ बढी आनन्द हुन्थ्यो होला !