०३ माघ २०७५, काठमाडौं
नेपाली लेग स्पिनर सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिग (बिपीएल) क्रिकेट पाँचौ खेलमा कसिलो बलिङ गर्दै विकेट लिएका छन् ।
दोस्रो खेलमा विकेटबिहीन रहेका उनले राइडर्सविरुद्ध किफायती बन्दै १ विकेट लिए। सन्दीपले आफ्नो अन्तिम तथा चौथो ओभरमा विकेट लिएका थिए । उनले चौथो ओभरको पाँचौ बलमा बेनी होएललाई बोल्ड गर्दे विकेटविहिन अबस्था अन्त गरे । सन्दिपले निर्धारित ४ ओभरमा १८ रन खचिएका थिए । विपिएलमा सन्दिप डेब्यु खेलमा विकेट लिएपछि सन्दीप त्यसपछि लगातार दुई खेलमा विकेटविहिन बनेका थिए ।
सन्दीपले राइडर्सविरुद्ध ४ ओभर बलिङ गर्दै १८ रन खर्चिएर १ विकेट लिन सफल भए । सन्दीपले पहिलो, दोस्रो र तेस्रो ओभरमा भने विकेट लिन सकेनन्। सन्दीपले पहिलो ओभरमा ६ तथा दोस्रोमा ५ रन खर्चिए। तेस्रो ओभरमा ४ रन खर्चिए । सिलेटमा सन्दीपको टिम सिक्सर्सले दिएको १८८ रनको लक्ष्यसहित राइडर्स जवाफी ब्याटिङमा उत्रिएपनि १ सय ६० रनमात्र जोड्न सक्यो । सिलेटले २७ रनले विजयी रह्यो ।