फाल्गुनन्द गोल्डकप : झापा ११ लाई उपाधी



०३ माघ २०७५,  काठमाडौं

यो सिजनको फाल्गुनन्द गोल्डकपको उपाधी झापा ११ ले चुमेको छ । सोमबार भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई २–१ गोलअन्तरमा पराजित गर्दै झापाले उपाधि हात पारेको हो ।

झापाका लागि दुवै गोल पुजन उपरकोटीले गरेका हुन् । खेलको २३औँ मिनेटमा पुजनले गोल गर्दै झापाले अग्रता लिएको थियो । पहिलो हाफमा १–० ले पछि परेको आर्मीका लागि खेलको ७१ औँ मिनेटमा राजीव गुरुङले गोल गरेर खेलमा फर्किएको थियो ।

राजीवको कडा प्रहार गोलपोस्टमा लागेर गोल लाइन क्रस गरेर बल बाहिर निस्केको थियो । तर, झापाका पुजन उपरकोटीले खेलको ८३औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेर झापालाई चार लाख रुपैयाँको उपाधि दिलाए । आर्मीले दुई लाखमा चित्त बुझायो ।

प्रतिक्रिया दिनुहोस्