दुबै मृगौला फेल सोफियालाई सबैले सहयोग गरौं !



०६ माघ २०७५, काठमाडौं

‘मान्छे आफु रुँदै आउनु अनि अरुलाई रुवाउँदै जानु’ लाई ‘जीवन’ को संज्ञा दिईएको छ ।

जीवन एकदमै महत्वपूर्ण छ । यो अर्थमा पनि कि, जीवन भन्ने कुरा एकचोटीलाई हो । दोहोरिएर आउँछ होला, तर स्वंयलाई थाहा हुँदैन । त्यसैले………

अनि उसलाई त्यो पनि थाहा हुँदैन । ऊ यो भन्दा अगाडी कहाँ कस्तो अवस्थामा गुज्रिएको थियो । अबको समयमा कहाँ गएर कस्तो खालको परिस्थीतिबाट गुज्रद्रैं छ ?

एउटा शिशु करिबः ९ महिला पुरापुरी आमाको कोखमा रहन्छ । नौ महिनापछि एक कठिन व्यथा प्रवस–वेदना जन्म दिन्छिन् । त्यहिँ प्रसव–वेदनाकै कारणले आमाको मनमा छोराछोरीप्रति यस्तो कठोर मायाँ उब्जिएको हुन्छ, एउटा आमाले उनीहरुलाई लागि जे पनि गर्न सक्छिन् ।


र, कहिल्यै कसैलाई गुमाउन चाहँदिनन् ।

तर, प्रकृतिको नियम हो । नयाँ पलाउँछ, पुरानो झर्छ । जीवनको कुनै मोडमा भएर प्रकृतिसँग एकाकार हुनै पर्छ । वस् मान्छेहरु त्यो चाहन्छन् । कलिलै मुनाहरु नभाँचिउन् क्यै गरि ।

जीवन रहस्यमय छ !

यसको परिभाषा सबैले आ–आफ्नै शैलीमा दिन्छन् ।

रुनेहरु भन्छन् जीवन आँशु हो ।
हाँस्नेहरु भन्छन् जीवन हाँसो हो ।
ईत्रिनेहरु भन्छन् जीवन मोज हो ।
धनिहरु भन्छन् जीवन मज्जा हो ।
गरिबहरु भन्छन् जीवन दुःख हो ।
कहिल्यै हार नमान्नेहरु भन्छन्, जीवन संघर्ष हो ।
जसले जे भने पनि सबैभन्दा ठुलो कुरा त, जिउनु नै हो ।

यि सबै कराहरुलाई महसुस पाउन सबैभन्दा अगाडी जिउनु पर्छ । जिउँदै जिईएन भने, यि सबै कहाँ महसुस गर्ने मौका पाईन्छ र ?

तर, यहाँ ति मान्छेहरु पनि भेटिन्छन् । धेरै समय जिउनु मन छ । जो सानो समस्याका कारण जीवन र मरणको दोसाहंसमा छ, दिनहरु ! पिरलो बनिरहेका छन्, समयहरु !

यस्तै निष्ठुर समयले जबरजस्ति आफ्नो सूचीभित्र अटाएको एउटा नाम हो, सोफिया अधिकारी……

विगत ढाई वर्षअगाडीभन्दा पहिलेदेखि दुईवटै मृगौला फेल भएपछि जीवन र मृत्यूको दोसाहसमा समयहरु व्यतीत गर्दै आएकी उनलाई लाग्छ अहिले आफु हुनु र नहुनु अनि सृष्टि हुनु र नहुनुको कुनै अर्थ छैन ।

उनी भन्छिन्, “आजभोलीका दिनहरु मलाई नमिठो सपना देखेर ऐठन परेजस्तो लाग्छ । जिईरहेको संसार नै आजिव जस्तो । कहाँ छु के गर्दै छु यि सारा कुराहरुलाई भुलेर म आफै कहाँ पुग्छु, थाहै हुँदैन ।”

पुख्यौली घर मोरङ भई हाल काठमाडौंको जोरपाटीस्थित नयाँबस्तीमा कष्टकर जीवन गुजारा गर्दै आएकी सोफियालाई अहिले साँच्चै नै दयालु मनहरुको सहाराको खाँचो छ ।

गहभरिका आँशुका ढिक्काहरुलाई पछ्याउँदै सोफियाका आमा ईन्द्रमायाँ भन्छिन्, “लगभग ३ वर्षको समयभित्र त्यस्तै ३५ लाखभन्दा बढि खर्च भईसक्यो । तर, छोरीको हालत भने उस्तै । ऊ मेरै छेउमा भएर पनि मैले केही गर्न सकेको छैन । धनसम्पत्ति भए जे पनि हुँदो रहेछ। तर, यसको अभावमा छटपटिहटको जीवन जत्ति नमिठो केही हुन्न रहेछ ।”

गाँउले, आफन्तजनहरुले पनि सहयोग नगरेका होईनन् सोफियालाई तर, सहयोग रकमहरु सबै डाईलोसिस गर्दै सकिन्छन्, प्रत्यारोपण गर्ने भनेको पनि वर्षौं बित्यो । तर, खर्चकै अभावले गर्न सकेका छैनौं । अझैसम्म पनि त्यसैगरि बिताईरहेका छौं ।”

दुई महिना अगाडीसम्म भक्तपुरको ‘मानव अंग प्रत्यारोपण’ अस्पतालमा डाईलोसिस गर्दै आएकी सोफियाले अहिलेभने काठमाडौंको ‘मेडिकल अस्पताल’ मा गर्दै आएकी छिन् ।

“सोफियाका लागि सहयोगहरु पनि धेरै नै आएका थिए । तर, हरेक हप्ताको डाईलोसिसले सबै पैसा खर्च भयो ।” सोफियाकी आमा भन्छिन् ।
मागको तेस्रो हप्तातिर मृगौला प्रत्यारोपण गनुपर्ने डाक्टरहरुको भनाईलाई उदृत गर्दै सोफियाकी आमाले सबैलाई सहयोगको आह्वान गरेकी छिन् ।

सोफयाका लागि यस्तै दीनदुखीहरुलाई सहयोग गर्ने एउटा क्याम्पेनर संस्था ‘दि पेज वान’ ले पनि १ लाख ५८ हजार ८ सय ५ रुपैयाको मोटो रकम सहयोग स्वरुप बुझाएको छ ।

विगत ४ वर्षदेखि यस्तै कर्ममा विशेष ध्यानका साथ लागिपरेका एक युवा सुमन श्रेष्ठ भन्छन्, “हामीले अझै यस्तै मान्छेहरुलाई सहयोग गर्नु छ । यि अनि यस्तै ब्यत्तिहरुलाई सहयोग गर्नु हामीले हाम्रो कर्तव्य सम्झेका छौं । सोफियाका लागि यत्ति अहिलेलाई सम्भव भयो भने हामी अझै कोसिस गर्ने जमर्को गर्ने छौं ।”

यि सबै कुराहरुलाई लिएर सोफियाकी आमा भक्कानिन्छिन्, “सोफियाका बाबा छोरीको उपचारको लागि भनेर मलेसिया मै गएर दुःख गरेको लगभग २ वर्ष उकालो लाग्यो । म तपाईहरुले दिनुभएको यो पैसाले मेरो छोरीलाई निको पारेर मेलसियामा दुःख गरिरहेका मेरो श्रीमानलाई स्वदेश फिर्ता बोलाउने छु । यहाँहरुलाई धेरै धन्यवाद ।” उनी भन्छिन् ।

सबैको चाहना यस्तै हुन्छन्, धेरै पैसा होस्, सबै खुशीहरुलाई पनि पैसाले नै किन्न पाईयोस्, टोल, छिमकीमा सबैभन्दा धनाढ्य म भनेर चिनाउन पाऊँ । तर, यो त केवल मौसमी चाहनाहरुका भ्रुणहरु हुन् ।

जत्ति बाँच्नु छ । अरुलाई खुशी दिएर बाँचौं । अरुलाई खुशी बनाएर बाँचौं । यहिँ हो हामी सबैको पुण्य ।

एउटाको सानो सहयोगले कसैको जीवनको जीवन बाँच्छ, भने त्यो भन्दा ठुलो कुरा के नै हुन सक्छ र ? एक ब्यक्तिको सानो मद्धतले कसैको परिवारमा सदावहार खुशी पलाउँछ भने, हामी किन हाम्रो सहयोगी हातहरुलाई नउठाउने ?

आउनुहोस् हामी पनि केही पुण्यको कर्म गरौं ।

केही धर्मका कर्म गरौं ।

यसो भन्दा यहाँ सहयोग गरेपछि पुण्य र धर्म कमाउने हो भने त, म जत्ति पनि ठुलै रकम सहयोग गर्ने पनि तम्सिन्थें ।

कृपया !

तपाईको सानो सहयोगबिना भोली कसैको वर्षौं जिउने चाहनाको भ्रुणहरुले हत्या गर्न सक्छन् । आउनुहोस् न हामी सहयोगको हातहरु फैलाऔं ।

आफ्नो मात्रै होईन, अरुको पनि जीवन नजिकबाट नियालौं । अनि महसुस गरौंला नी, सकारात्मक कर्मको फल ! हामी त उहिले कक्षा ५ मा ‘सेवा गरे मेवा मिल्छ’ पाठ पढेर आएका पिँढी पो हौं त ।

तर, यि सबै कुराहरुलाई पस्किरहँदा सहयोग गर्नैपर्छ भन्ने चाहिँ कहिल्यै होईन । मात्र यो हो की, हामी पृथ्वीको सबैभन्दा सर्वश्रेष्ठ प्राणी भन्दै आएका छौं । यसको परिचय दिन किन हिचहिचाहट ? भनेर मात्रै हो ।

सोफियाकी आमाले मलाई भनेकी थिईन्, “बाबु सहयोग गर्नेलाई यो ठेगानामा भनिदेऊ ल !”

उनले दिएकी सेतो कागजको सेतो पानामा थियो ।

सम्पर्क न. ९८१९३९५२७४

बैंक खाता नम्बर : ०१७००५०१२००३२६ (एभरेष्ट)

अन्तिममा–

मेरो तर्फबाट

आदरणीय सहयोगी मनहरु !
सोफियाका लागि सहयोग गर्ने आम–मनहरुमा आभार ब्यक्त गर्दै, अझै उसको लागि धेरै रकम हुन सक्छ । सहयोग गरिदिनु होला ।

सोफिया मात्रै होईन । यहाँ, अरु सोफियाहरु पनि धेरै छन् । उनीहरुलाई पनि मुक्तकण्ठले सहयोग गर्नुहोस् ।

भिडियो हेर्नुहोस्–

प्रतिक्रिया दिनुहोस्