०७ माघ २०७५, काठमाडौं
आज बस्ने प्रतिनिधिसभा बैठकबाट सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी गरेको सभामुख कृष्णबहादुर महराका प्रेस सल्लाहकार डिल्ली मल्लले जानकारी गराएका छन् ।
प्रतिपक्ष दल नेपाली कांग्रेसको विरोधका बीच आजको सम्भावित कार्यसूचीमा चिकित्सा शिक्षा विधेयक राखिएको छ । उनले भने ‘प्रतिनिधिसभाको आजको सम्भावित कार्यसूचीमा राष्ट्रिय चिकित्सा, ‘यसलाई पेस गर्ने या नगर्ने भन्ने अन्तिम निर्णय भने कार्य व्यवस्थाले लिनेछ ।’
विगतमा आफूसँग भएको सहमति विपरीत विधेयक ल्याउन लागिएको विरोधमा प्रा.डा. गोविन्द केसी हाल अनसनरत रहेका छन् । अनसनरत डा. केसीको माग सम्बोधन गरेर मात्रै विधेयक संसदमा प्रस्तुत गर्नुपर्ने तर्क प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको रहेको छ ।
प्रतिनिधिसभा बैठकबाट सरकारले पास गर्न लागेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकको पूर्ण पाठः