०८ माघ २०७५, काठमाडौं
प्रथम संविधानसभा गठन भएसँगै ‘गोरखाहरुको नेपाली नागरिक्ताको अधिकार छुट्टै धारामा उल्लेख गरियोस्’ नामक विषयलाई विशेष एजेण्डा बनाउँदैं आएको नेपाली नागरिक्ता निरन्तरता संघर्ष समिति’ नेपाल/बेलायतको कार्यक्रम सम्पन्न भएको छ ।
बानेश्वरस्थित अर्पन बङ्क्वेटमा सम्पन्न कार्यक्रममले भूतपुर्व सैनिक तथा उनको परिवारहरुलाई वंशजकै आधारमा नागरिक्ता प्राप्त गर्नुपर्ने कुरालाई जोडदारका साथ उठाएको थियो ।
भूतपुर्व सैनिक कल्याणकारी समिति, नेपाल र ब्रिटिस गोरखा नेपाली नागरिक्ताको निरन्तरता संघर्ष समिति, बेलायतको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रमले नेपालको संविधान २०७२ मा नेपाली सैनिकको बारेमा लेखिएका केही बूँदाहरुलाई संशोधनसमेत गर्नुपर्ने कुरा उल्लेख गरेको थियो ।
साथै ब्रिटिस गोरखाहरुको हकको ‘ब्रिटिस गोरखाहरुले सुविधा स्रुप सम्मानार्थ ब्रिटिस नागरिक्ता प्राप्त गरेता पनि उनीहरुले प्राप्त गरिसकेको वंशजको नागरिक्ता यथास्थितीमा नै निरन्तर रहनेछ । साथै नेपाल बाहिर जन्मिएका तिनका सन्ततिहरुले स्वतः शजको नेपाली नागरिक्ता प्राप्त गर्न सक्नेछन् ।’ भन्ने धारा वा उपधारा थप गर्नुपर्ने कुरालाई विशेष जोड दिएको थियो ।
कार्यक्रमको प्रमुख अथिती सभामुख कृष्ण बहादुर महराले कार्यक्रमलाई सम्बोधन गर्दै सैनिक तथा उनका परिवारका लागि नेपाल सरकारले सक्दो पदल–कदमी चाल्ने बताएका थिए । साथै उनले उनीहरुले वंशजकै आधारमा नेपाली नागरिक्ताको प्रमाण पत्र पाउनुपर्ने बताए ।
साथै समितिले सभामुखसमक्ष एक ज्ञापन पत्रसमेत बुझाएका थियो ।
यो हेर्नुहोस्–