०८ माघ २०७५, काठमाडौं
नीजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) काठमाडौं जिल्ला अन्तर्गत काठमाडौं महानगर कमिटीको प्रथम अधिवेसनबाट अध्यक्षमा निर्वाचित मुरारी प्रकाश सन्जेल प्याब्सनको सदस्यता लिई २०५८ साल देखि महाधिवेसन प्रतिनिधी भई २०७२ साल सम्म आई पुग्दा जिल्ला प्याब्सन काठमाडौँको विभिन्न पदमा रहेर काम गरि सक्नु भएका सन्जेल काठमाडौँ जिल्ला कार्य समितिमा एक कार्यकाल सदस्य एक कार्यकाल सचिव एक कार्यकाल उपाध्यक्ष भइसक्नु भएको छ भने वहाँ प्रितिमा स्कूलको फाउण्डर प्रिन्सिपलको रुपमा कार्यरत हुनुहुन्छ । यसै सन्दर्भमा उहाँ संग विश्व आचार्यले गर्नु भएको कुराकानीको सार–संक्षेप प्रस्तुत गरिएको छ ।
विश्व आचार्य : तपाईको जन्म कहाँ भएको हो ?
मुरारी प्रकाश सन्जेल : मेरो जन्म २०२८ सालमा काठमाडौको गोठाटारमा आमा मैया सन्जेल र पिता वेदप्रसाद सन्जेलको कोखबाट भएको हो ।
विश्व आचार्य : तपाईको प्रारम्भिक शिक्षा कहाँबाट भयो ? एसएलसी कहाँबाट भयो त्यसपछि उच्चशिक्षा कहाँ पढ्नु भयो ?
मुरारी प्रकाश सन्जेल : प्रारम्भिक शिक्षा बाल राष्ट्रिय स्कुल गोठाटारबाट भयो । त्यहाँ मैले कक्षा ३ सम्म अध्यन गरे । गान्धीआदर्श उच्च मा. वि.बाट कक्षा ७ सम्म अध्ययन गरे । महेन्द्र मा.वि. बौद्धबाट एसएलसी सम्ममको अध्ययन गरे । आइए पशुपति बहुमुखी क्याम्पसबाट गरियो र स्नातक नेपाल ल क्याम्पसबाट कानुनमा गरियो ।
विश्व आचार्य : तपाइले शैक्षिक क्षेत्रमा कामगर्न कहिलेदेखि शुरु गर्नुभयो ?
मुरारी प्रकाश सन्जेल : मैले २०४६ सालबाट विरभद्र स्कुल हालको विध्याबिकास बोर्डीङबाट पढाउन शुरु गरेँ । २०४८ सालमाप्रितिमा स्कुल आफैले खोले र हाल सम्म पनि त्यहीँ स्कुलमा सस्थापक प्रिन्सिपलको हैसियतमा पढाईरहेको छु ।
विश्व आचार्य : प्याब्सनमा सक्रियतापुर्वक कहिले देखि लाग्नु भयो ? कुन–कुन पदीय हैसियतमा रहेर कामगर्नु भयो ?
मुरारी प्रकाश सन्जेल : मेले प्याब्सनको सदस्यता लिएको २०५८ सालमा हो त्यस समय देखि २०६२ साल सम्म महाधिवेसन प्रतिनिधि भइयो । २०६४ सालदेखि २०६६ साल सम्म काठमाडौ जिल्ला कार्य समिति सदस्य रहे । त्यसैगरि २०६८ सालदेखि २०७२ सालसम्म सचिव र २०७३ सालमा जिल्ला उपाध्य भए । हालआएर भर्रखरै काठमाडौ महानगर कमिटीको अध्यक्षको रुपमानिर्वाचित भएको छु ।
विश्व आचार्य : तपाई काठमाडौ महानगरको अध्यक्ष भएपछि अब कस्तो योजना बनाएर अगाडी बढ्ने सोच बनाइरहनु भएको छ ?
मुरारी प्रकाश सन्जेल : निश्चय नै जिम्वेवारीमा आइसकेपछि मैले मेरो संस्था र संगठनले दिएको जिम्वेवारीलाई बहन गर्ने सन्दर्भको पाटो एकातिर छ यो संस्थाको उद्देश्य पेशागत हकहितको रक्षा गर्ने नै हो । त्यसको साथसाथै मैले उच्चशिक्षा प्रतिबेदनको बिषयमा बिशेष छलफल चलाउने, संगठन बिस्तार गर्ने शैक्षिक गुणस्तरका सन्दर्भमा शिक्षकहरुलाई तालिमको ब्यवस्था गर्ने लगायतका योजनाहरु निर्माण गरिरहेको छु ।
विश्व आचार्य : के तपाइको कार्यकालमा काठमाडौ महानगर भित्र रहेका हरेक निजि विद्यालयहरुमा सजायमुक्त शिक्षण सिकाईको वातावरण बन्ला त ?
मुरारी प्रकाश सन्जेल : शिक्षण सिकाइको सन्दर्भमा बालबालिकाले सजायन पाईकन पढ्न पाउने उनीहरुको अधिकार हो । यस कुरालाई सबैले सम्मान गर्नु पर्दछ । त्यसैले म मेरो कार्यकालमा महानगर भित्र रहेका सवै बिद्यालयलाई सजायमुक्त बनाउनेछु । कुनै पनि विद्यालयले सजाय दिएर पढाउने छैैंनौँ । यसमा विश्वस्त छु । कसैले बालबालिकाको अधिकारलाई कुिण्ठत पार्ने प्रयास भएको रहेछ । भने हामी यसका लागि पहल गर्छाैं । मेरो कार्यकालमा सजायमुक्त शिक्षण सिकाइलाई पुर्णतया निरुत्साहित गरिनेछ । संस्कार युक्त नैतीक शिक्षा र खुशी सहितको शिक्षा हाम्रो प्राथमिकतामा पर्नेछ ।
विश्व आचार्य : एकाइशौं शताब्दीको शिक्षा कस्तो हनु पर्छ जस्तो लाग्छ तपाईलाई ?
मुरारी प्रकाश सन्जेल : शिक्षा किन लिइन्छ भन्ने कुरा महत्वपुर्ण छ । शिक्षाले मानव जीवनलाई उज्यालो गोरेटो देखाउने भएको हुनाले स्वभाविक रुपमा शिक्षा जीवनमा केही गर्नका लागि महत्वपुर्ण छ । शिक्षाको ध्येय भनेकै जीवनलाई कसरी सजिलो बाटोतिर लाने भन्ने नै हो । त्यस माथी आजको ग्लोवल भिलेज, सुचना तथा संन्चारको विकास भएको यस समयमा शिक्षा अत्यन्त प्रविधि मैत्री हुन आवश्यक छ । आज हामीले पढाएका विद्यार्थीले बिश्व समुदायमाझ प्रतिस्पर्धा गर्न सक्ने किसिमको हुनु पर्छ । कम्तिमा पढाई पछाडी विद्यार्थीले कमाउन सकुन्, रोजगारी प्राप्त गर्न सकुन् ।
विश्व आचार्य : अभिभावक शिक्षकलाई के सन्देश दिनचाहानु हुन्छ ?
मुरारी प्रकाश सन्जेल : पहिलो कुरा त अभिभावक नै परिवारको पहिलो शिक्षक हो । उहाँहरुले आफ्ना सन्तानहरुलाई जे बनाउने सोच राख्नु हुन्छ बच्चा पनि त्यहीँ नै हुने हो । त्यसैले आफ्ना बच्चाको भविष्यप्रति सोचेर उनीहरुलाई असल संस्कार दिनुस भन्न चाहान्छु । शिक्षकहरुको भुमिका झन् महत्वपुर्ण हुन्छ । यसमा शिक्षकहरुको काम विद्यार्थीको लागी बाटो देखाउने हो त्यसैले सबै शिक्षकरु आफ्नो कर्तब्यप्रति संवेदनशिल भइदिनुस् भन्न चाहन्छु ।