०९ माघ २०७५, काठमाडौं
युभेन्टसका स्टार खेलाडीलाई आगामी सिजन क्लबमा भित्र्याउन रियल म्याड्रिडले ९ करोड पाउण्डको अफर गर्ने तयारी गरेको बताईएको छ ।
सन् २०१५ मा आबद्ध भएयता २५ वर्षीय फरवार्डले टुरिनमा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छन् । यस क्रममा उनले ११५ खेल खेल्दै ५४ गोल गरिसकेका छन् । यो सिजन खराब दौरबाट गुज्रिरहेको रियलले आगामी सिजन टोलीलाई पुनःसंरचना गर्ने तयारी गरिरहेको छ ।
यसका लागि डिबला पहिलो रोजाइँमा परेका छन् । डिबालालाई पेपले लामो समयदेखि क्लबमा भित्र्याउने प्रयास गरिरहेका थिए ।