०९ माघ २०७५, काठमाडौं
सूचना र प्रविधिलाई समाज विकासको अभिन्न अंगका रुपमा लिन सकिन्छ । अहिले हरेक ठाउँमा बसोबास गर्ने मानिसको जीवन शैसीलाई प्रविधि मैत्रि वातावरण बनाउन मोवाइल फोनले महत्वपूर्ण भूमिका निभाएको छ । त्यसमा पनि बढ्दो ईमेल र ईन्टरनेटको प्रयोगले संसारका हरेक कुनामा भए गरेका राम्रा वा नराम्रा कामहरु तुरुन्तै जानकारीमा आउन सक्ने वातावरण बन्दै जाँदा मानिसले आफूलाई हरेक ठाउँमा विजय भएको अनुभूति गरेको हुन्छ । यि प्रविधियुक्त विषय अवको परिवर्तित समयको एउटा अभिन्न अंगका स्वरुप हरेक मानिसको दैनिकिसँग गाँसिसकेको छ । कुनै पनि मानिसले प्रविधि विनाको अवको जीवनको कल्पना समेत गर्न सक्दैन । यदि यसो गरेको खण्डमा उसको धारणा र क्षमता विकासको अभ्यास ज्यादै निकृष्ट खालको रहेछ भनेर स्वयम उसका अनुयायिहरुले समेत अभिव्यक्तिहरु दिदै हिड्ने छन् ।
विकसित प्रविधिले गर्दा समाजका हरेक व्यक्तिको हात हातमा मोवाईल फोनका साथै ईन्टरनेट सुविधा उपलब्ध भयो । जति मात्रामा प्रविधिले मानिसलाई नजिक बनायो त्यति नै प्रयोगकर्ताहरु त्यसको अधिक लतमा फस्ने संभावनाहरु पनि बढ्दै गयो । प्रतिस्पर्दाको दौडमा होमिने मानिसहरुको बड्दो जमातले गर्दा मानिस आफूलाई निकै व्यस्ततामा बाँधिएको अनुभूति गर्न पछि परेन । फलस्वरुप एउटै परिवारका सदस्यहरु माझ पनि प्रत्यक्ष आपसी कुराकानीमा कमी आउन थाल्यो । परिवार एउटै । घर एउटै । बसाई एकै ठाउँमा, खानाखाने स्थान पनि सँगै र एउटै तथापि पारिवारीक छलफलमा न्यूनता र आपसी वार्तालाभमा कमि । यसको मुल कारण भनेकै प्रविधिको अस्वभाविक प्रयोगलाई अपनाउने आदत बढ्नुले भएको हो । मनिस एक्लै रहेको अवस्थामा प्रविधिको प्रयोग गर्दै विभिन्न व्यक्तिसँगको कुराकानीमा रमाउने सवाल उचित हो । तर सँगैको व्यक्तिलाई कुराकानीमा समय कम दिने काम हुँदा अबको हाम्रो दैनिकी कता जाँदैछ भन्ने सवाल उठ्नु अस्वभाविक होईन ।
घर परिवारमा को कति मोवाईल फोनमा अनावस्यक व्यस्त रहन्छ त्यो कुरा सबैले देखेकै र भोगेकै विषय हो । परिवारका सदस्यहरु भेट हुँदाका बखत पनि दिन भरी कसले के के ग¥यो ? को कहाँ गयो ? राम्रा कामहरु के के गरिए ? यि विषयमा पहिलाको तुलनामा ज्यादै कम छलफल र परामर्श हुन थालेको छ । परिवारका सबै सदस्यहरु विच आपसी वार्तालाभका विषयमा रुचि कम, छलफल कम, बसाई पनि कम र बोलिचालि पनि कम हुनुको कारणले मानिस सामाजिक प्राणी भैकन पनि केवल व्यक्तिगत स्वार्थमा टाँसिदै गएको आभाष हुन्छ । यस्ता कृयाकलापले नेपाली समाजमा असहज दैनिकी बन्दै जाने पक्का छ । शहर वजारतिर एउटै घर तर भाडामा बस्ने व्यक्तिहरु विच खासै राम्ररी बोलचाल समेत हुँदैन भने सामाजिकिकरण कसरी होला ? जब कामबाट फर्किन्छ उसले मोवाईल फोन खेलाउन थालिहाल्छ । के यसलाई प्रविधि प्रतिको लुप्त मोह वा मोवाईल फोनमा अत्याधिक समय विताउने एक किसिमको कुलत या नशाको विकास भएको मान्न सकिन्छ । परिणाम सँगै भेटमा पनि कुनै सदस्य फेसवुकमा, कुनै मोवालई गेममा, कुनै च्याटिङ्ग त कुनै भिडियो तथा युटुवमा व्यस्त भई कोहि यता र कोहि उता फर्किदै मोवाईलमा नै झुम्मिएको देखिनु राम्रो होईन । यो समय केहि व्यक्तिका लागि महत्वपूर्ण सूचना संप्रेषण गर्नु पर्दा आवस्यक रहला पनि । तर तथ्यगत आवस्यकता भन्दा वाहिर गएर विभिन्न विषयका लागि समय दिनु र परिवारिक संवादहिनताको वातावरण बनाउँदै जानु आफैमा उचित होईन । एउटै घरका चार जाना सदस्य भेट हुँदा पनि प्रत्यक्ष पारिवारीक संवाद र कुराकानीमा खासै समय दिन सकेका हुँदैनन् भने उनिहरुले समाज प्रतिको प्रत्यक्ष धारणाका वारेमा के जानकारी पाएका होलान् ? अनि तिनै सन्तान तथा दर्सन्तानले भोलिको सामाजिक वातावरण कस्तो बनाउलान् जो उनिहरुकै लागि भविष्य हेरिरहेको हुन्छ ।
जव साथीभाई भेटघाट भयो तव मोवाईल छाम्दै चलाउन थाल्योे । त्यति वेलाको ध्यान साथीभाईमा हुनु पर्ने । आपसी वातचितमा केन्द्रित हुनु पर्ने तर त्यस्तो कमै मात्रामा हुन्छ । आफूसँग जे छ मोवाईल या ट्याप्स त्यो वस्तु हातमा लिन्छौं अनि त्यसलाई चलाउँदै केहि कुराकानी गरे झै हुन्छौं । त्यति वेला सद्भाव कम हुन्छ । वोलिचालि कम हुन्छ । बढी ध्यान मोवाईल, ल्याप्टप तथा ट्याप्समा हुन्छ, जो कसैका लागि पनि राम्रो विषय होईन । यस्ता कृयाकलाप बढ्दै जाँदा पारिवारिक विचलन त अवस्य बढ्छ नै । त्यसको अलावा मानिसले आफ्नो जीवनलाई सामाजिकिकरण गराउन कटौति गरेको हुन्छ । कालान्तरमा जीवन एउटा कसैको ईसारामा चल्न प्रयोगशालाको यन्त्र जस्तै बन्न समय लाग्दैन । फलस्वरुप जीवन जिउने कलासँगै उसको दैनिकीमा जोडिएर आउने हरेक कुरा पत्तै नहुँदै नेटो काट्न सक्छ । यसै तथ्यगत कारणले उत्पन्न गराएको परिणामहरु मध्येमा वालवालिकामा मोवाईल फोन खेलौनाको रुपमा प्रयोग गर्न दिनु, अध्ययन भन्दा अधिक समय मोवाईलमा वालवच्चाले समय बिताउन खोज्नु, घर परिवारका सदस्यहरु सँगै रहँदा पनि खासै खुलेर आपसी वातचित नहुनु, बृद्धबृद्धाको एक्लो मन बढ्दै जानु र परिवारबाटै तिरस्कृत हुने अवस्था आउनु, अपहेलित भएर बाँच्नु पर्ने वाध्यात्मक अवस्था बृद्धहरुमा देखिदै जानु, परिवारबाट घर निकाला भई सडक तथा अरुको आश्रयमा बाँच्नु पर्ने वातावरण बन्दै जानु जस्ता ज्वलन्त सवालहरु संवादहिनताको पारिवारिक वातावरणले निर्माण गराउँदै लगेको हो । यसको कारक तत्व स्वयम प्रविधिलाई दुस्प्रयोग गर्ने र प्रविधिमा आफूलाई यान्त्रिकरण झै स्वचालित रुपमा होमिदै लैजाने अवस्था सिर्जना गरिनु भोलिका लागि अवस्य पनि हितकर छैन ।
दैनिक जीवन एउटा यन्त्र जस्तै बनाउने अघोषित प्रयास क्षणिक रुपमा लाभदायक देखिए पनि दिर्घकालका लागि अँध्यारो चिसो सिडी सावित हुने नै छ । यसलाई कम गर्न र आफू सामाजिक प्राणी हुनका खातिर समाजका हरेक गतिविधिमा भौतिक शरिरको उपस्थित दर्शाउनु आस्यकता छ । तर भौतिक उपस्थितिले मात्र पनि उ समाजमा घुलमिल भएको छ भन्न सकिदैन कि जबसम्म उसले सामाजिक व्यवहार देखाएर ति कार्यमा सक्रियतापूर्ण दिईएको जिम्मेवारी निर्वाह गर्दैन । हिजो आजे देखिएको पारिवारीक वेमेलका अधिकांस घटनाहरु संवादहिनताको वातावरणले उत्पन्न गराएका समस्याहरु हुन् । ति समस्या मध्ये खुलेर संबाद थालनी गर्ने हो भने असी प्रतिशत आफै हल भएर जान सक्छन् । तर बाँकी बिस प्रतिशतका लागि केही उपाय सहितको मध्यस्तकर्ताको आवस्यकता परेको हुन्छ । जब संवादहिनता बढ्छ तव मानिसमा थप आशंकाहरु जन्मिने गर्दछन् र नकारात्मक मनोगणन्ते तर्कहरुले वास जमाउने गर्छ । शंका निवारण गर्न सबैका सामु खुलेर वातचित गर्नु गराउनु आवस्यक छ तर त्यो काम मानिसले चाहेरमा पनि मोवाईल प्रयोगको नशाले गर्दा समय दिन सक्दैन । यस्तो हर्कत केवल चाहेर हैन अन्जानमा भएको देखिन्छ । उदाहरणका लागि हरेक सालको एस.ई.ई परीक्षाको नतिजा प्रविधि मार्फत तत्काल थाहा पाउनु राम्रो हो तर त्रुटिवस प्रकासित नतिजाका कारण आँमहत्या गर्ने विद्यार्थीको जीवको क्षतिपूर्ति भरी दिने कसले ।
हो, समाजमा हुने र गर्दै आएका यावत सामाजिक कार्यहरुमा स्वयम व्यक्तिको उपस्थितिमा सक्रिय संम्बाद सहितको सहभागितालाई आम मानिसले सामाजिकिकरण भन्ने अर्थमा बुझ्छन् । जो मानिस समाजमा घुलमिल हुन सक्दैन वा हुन नचाहाने प्रवृत्तिको हुन्छ । उ जतिनै धनि किन नहोस् उसले सामाजिक ईज्जत र प्रतिष्टालाई कमाउन सक्दैन । त्यति मात्र होईन, उ स्वयम संवादहिनताले गर्दा घर परिवारको माया तथा ममताको अनुभूति नगर्दै आफै एक्लिएको महसुस गर्न थाल्दछ । जब मानिसमा एक्लोपनको आभाष पैदा हुन्छ तव उसका ईन्द्रियहरु विकारको मूल जडमा भासिदै तनावको जिन्दगी जिउन बाध्य हुँदै जान्छ । यस पश्चात हरेक मानिसको भिडमा एक्लो महशुस हुँदै डिप्रेशनको शिकार बन्न सक्छ । अतः सहज जीवन जिउनका लागि प्रविधिलाई आफू अनुकुल बनाउने कलाको खोजि गर्दै अगाडी बर्ढाैं । दिनको केहि घण्टा समय सामाजिक पनका लागि निकालौं र प्रविधिले खुम्च्याएको जीवन सैलिलाई तन्काउने तर्फ क्रियासिलताको विकासमा लार्गाैं ।